२३ बैशाख २०८३, बुधबार | May 6, 2026

प्रतिनिधिसभाको एक स्थान रिक्त



काठमाडौं। प्रतिनिधि सभामा एक स्थान रिक्त हुन पुगेको छ।

संघीय संसद सचिवालयले सूचना निकालेर प्रतिनिधि सभामा एक स्थान रिक्त हुन पुगेको जानकारी दिएको हो।

सचिवालयका अनुसार रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको हो ।

संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले सूचना निकालेर नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान रिक्त हुन आएको उल्लेख गरेका छन् ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१५ को उपनियम २ मा प्रतिनिधि सभामा स्थान रिक्त भएको अवस्थामा सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ । त्यसअनुसार संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले सूचना प्रकाशित गरेका हुन् ।

बोहराको यही चैत १९ गते निधन भएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ३ : १२ बजे

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

सुदूरपश्चिम । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

काठमाडौं । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण