२० मंसिर २०८२, शनिबार | December 6, 2025

चैत मसान्तसम्मको विकास खर्च २९ प्रतिशतमा खुम्चियो



काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा विकास खर्च २९ प्रतिशतमा खुम्चिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत ३० गतेसम्मको सरकारको पुँजीगत खर्च रु एक खर्ब दुई अर्ब ९० करोड बराबर मात्रै छ । पुँजीगत शीर्षकमा चालु आर्थिक वर्षका लागि सरकारले रु तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बराबर विनियोजन गरेको थियो । वार्षिक विनियोजनको तुलनामा हालसम्मको पुँजीगत खर्च २९ दशमलव दुई प्रतिशत हो ।

विकास खर्च मात्र नभई यो अवधिको समग्र बजेट खर्च कमजोर देखिएको छ । वार्षिक विनियोजनको तुलनामा चैत मसान्तसम्ममा ५३ दशमलव ६७ प्रतिशत बराबर बजेट खर्च भएको हो । चालु आर्थिक वर्षका लागि सरकारले रु १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बराबरको बजेट ल्याएको थियो । चैत मसान्तसम्ममा रु नौ खर्ब ९८ अर्ब ५० करोड बराबर खर्च भएको छ ।

त्यस्तै, चालु शीर्षकमा रु ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन भएकामा ५९ दशमलव ४५ प्रतिशत अर्थात् रु छ खर्ब ७८ अर्ब छ करोड बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

वित्तीय व्यवस्था शीर्षकमा चैत मसान्तसम्मको खर्च रु ५९ दशमलव २३ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि यो शीर्षकमा सरकारले रु तीन खर्ब ६७ अर्ब २८ करोड ४५ प्रतिशत बराबर विनियोजन गरेकामा वार्षिक विनियोजनको ५९ दशमलव २३ प्रतिशत खर्च भएको हो ।

यो अवधिको राजस्व सङ्कलन पनि कमजोर छ । कुल रु १४ खर्ब १९ अर्ब ३० करोड बराबर राजस्व उठाउने लक्ष्य राखिएकोमा चैत २९ गतेसम्म रु आठ खर्ब २१ अर्ब ६७ करोड बराबर मात्रै राजस्व उठेको छ । यो वार्षिक लक्ष्यको ५७ दशमलव ८९ प्रतिशत बराबर हो ।

त्यस्तै, यस वर्ष रु ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको रु २७ दशमलव २७ प्रतिशत अर्थात् रु १४ अर्ब २६ करोड ८८ लाख बराबर मात्रै अनुदान उठेको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ११ : ५२ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले