४ पुस २०८२, शुक्रबार | December 20, 2025

गभर्नर नियुक्तिबारे गगन – बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छ



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म रहेको बताएका छन् ।

‘प्राइभेट सेक्टर र बिचौलिया फरक कुरा हुन, हाम्रो इकोनोमीमा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो । म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ । बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन,’ उनले आफ्नो अनुभववारे भने ।

उनले राष्ट्र बैंकको गभर्नरको नियुक्तिको प्रसङ्ग जोडदैँ उनले भने, ‘अबको गभर्नर को हो ? भनेर खोज्दा अहिले बिचौलियाको मान्छे भनेर खुलारूपमा बहस र छलफल हुने अवस्था छ ।’

‘पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला कि त्यो बन्ला कि, गभर्नर यसले बनाउला कि त्यसले बनाउला कि ? भन्ने कुरा हुन्थ्यो । अब अहिले बिचौलियाको क्यान्डिडेट भनेर खुलमखुला बहस हुने, छलफल हुने अवस्था बन्ला कि आउने भनेको हामी कहाँनेर पुग्यौँ ?’ थापाले प्रश्न गरेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १२ : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको