१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

नयाँ बानेश्वर क्षेत्रमा राप्रपाको प्रदर्शन



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंको माइतीघर–नयाँ वानेश्वर क्षेत्रमा प्रदर्शन गरेको छ ।

राप्रपाका नेता कार्यकर्ताहरु नयाँ वानेश्वर क्षेत्रमा जम्मा भएर निषेधित क्षेत्र नजिकै प्रदर्शन गरिरहेका छन् । उनीहरुले निषेधित क्षेत्र तोड्न प्रयास गरेपछि केहीबेर प्रहरीसँग धकेलाधकेल समेत भएको छ । प्रहरीले निषेधित क्षेत्र नतोड्न माइकिङमार्फत प्रदर्शनकारीलाई सम्झाउने प्रयास गरेको छ ।

राप्रपाको प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेता भने अझै उपस्थित भएका छैनन् । उनीहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रहेका छन् । राप्रपा संसदीय दलको कार्यालय बाहिर ठूलो संख्यामा सुरक्षाकर्मीको तैनाथी गरिएको छ । प्रहरीले आफुहरुलाई प्रदर्शनमा भाग लिन जान रोकेको उनीहरुले आरोप लगाएका छन् ।

आफ्ना पार्टी नेता बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालगायतको रिहाइको थप माग राखेर राप्रपा प्रदर्शनमा उत्रिएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १ : ४१ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन