७ पुस २०८२, सोमबार | December 22, 2025

प्रतिनिधिसभामा प्रधानमन्त्रीले आज गर्ने भनेको सम्बोधन स्थगित



काठमाठौं । प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ ।

आजदेखि सुरु हुन लागेको संघीय संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने तयारी थियो । तर, आफ्नो सम्बोधनको क्रममा प्रमुख प्रतिपक्षी दलका नेता एवं आफ्नै सत्तासाझेदार दलका सभापति एवं पूर्वप्रधानमन्त्री अनुपस्थित हुनेभएपछि सम्बोधनको कार्यक्रम स्थगित भएको हो ।

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला गोरखाको भ्रमणमा रहेका छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डमा छन् ।

यसअघि प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले गरेका दुई पटकका सम्बोधनको क्रममा प्रधानमन्त्री ओली अनुपस्थित भएका थिए ।

संसदमा प्रधानमन्त्रीले बोल्दा प्रमुख प्रतिपक्षी दलको नेता र अन्य दलका शीर्ष नेताहरु उपस्थित हुने परम्परा रहेको छ । यसैगरी प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री र अन्य दलका शीर्ष नेताहरु उपस्थित हुने परम्परा रहेको छ । तर यो परम्परालाई प्रधानमन्त्री स्वयंले तोड्दै आएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ११ : ५४ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८