१३ भदौ २०८३, शनिबार | August 29, 2026

आगलागीबाट क्षति भएपछि भेरी अस्पतालको ओपिडी २ दिन बन्द रहने



नेपालगन्ज । आगलागीबाट क्षति पुगेपछि नेपालगन्ज स्थित भेरी अस्पतालको ओपिडी सेवा २ दिन बन्द हुने भएको छ । आज बिहान लागेको आगलागीबाट अस्पतालको फार्मेसी र ओपिडी कक्षमा क्षति पुगेपछि अस्पताल प्रशासनले २ दिनका लागि ओपिडी र ल्याव आइतबार र सोमबार बन्द हुने भएको हो ।

अस्पतालको ओपिडी भवनमा रहेको मेडिकल स्टोरमा आगलागीका कारण ओपिडी भवन, मेडिकल स्टोर, फार्मेसी लगायतका ठाउँमा क्षति भएको भन्दै तत्काल अस्पतालको बहिरङ्ग सेवा सुचारु गर्न नसकिने अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनले अस्पतालको बहिरङ्ग सेवा (ओपिडी), ल्याब बन्द रहने सूचना जारी गरेको छ ।

अस्पतालको मेडिकल स्टोरमा आगलागी हुँदा करिब तीन करोडभन्दा बढीको बहुमूल्य औषधी लगायत जलेर नष्ट भएको अनुमान गरिएको छ ।

अस्पतालमा प्रयोग हुने सबै प्रकारका औषधीसँगै उपकरण र प्रयोगशालामा प्रयोग हुने महँगो मूल्य पर्ने भ्याक्सिन लगायत सबै जलेर नष्ट भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ५ : ३० बजे

धुन्चेमा रोकिएका बाढी प्रभावितलाई वैकल्पिक मार्गबाट काठमाडौं ल्याइँदै

काठमाडौं । उद्धारको प्रतीक्षामा रसुवाको सदरमुकाम धुन्चेमा रोकिएका बाढी प्रभावितलाई

चितवनमा सङ्कलित शवको डीएनए संकलन गरी समाधिस्थ गरिने

चितवन । रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका

भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता

काठमाडौं । त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीका

बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा

काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको बैङ्कको सेफ