नेपालगन्ज । आगलागीबाट क्षति पुगेपछि नेपालगन्ज स्थित भेरी अस्पतालको ओपिडी सेवा २ दिन बन्द हुने भएको छ । आज बिहान लागेको आगलागीबाट अस्पतालको फार्मेसी र ओपिडी कक्षमा क्षति पुगेपछि अस्पताल प्रशासनले २ दिनका लागि ओपिडी र ल्याव आइतबार र सोमबार बन्द हुने भएको हो ।
अस्पतालको ओपिडी भवनमा रहेको मेडिकल स्टोरमा आगलागीका कारण ओपिडी भवन, मेडिकल स्टोर, फार्मेसी लगायतका ठाउँमा क्षति भएको भन्दै तत्काल अस्पतालको बहिरङ्ग सेवा सुचारु गर्न नसकिने अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनले अस्पतालको बहिरङ्ग सेवा (ओपिडी), ल्याब बन्द रहने सूचना जारी गरेको छ ।
अस्पतालको मेडिकल स्टोरमा आगलागी हुँदा करिब तीन करोडभन्दा बढीको बहुमूल्य औषधी लगायत जलेर नष्ट भएको अनुमान गरिएको छ ।
अस्पतालमा प्रयोग हुने सबै प्रकारका औषधीसँगै उपकरण र प्रयोगशालामा प्रयोग हुने महँगो मूल्य पर्ने भ्याक्सिन लगायत सबै जलेर नष्ट भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले बताए ।


















प्रतिक्रिया