४ पुस २०८२, शुक्रबार | December 19, 2025

राजेन्द्र लिङदेनको अभिव्यक्तिप्रति संसदमा कांग्रेसको आपत्ति



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन प्रति नेपाली कांग्रेसले आक्रोश ब्यक्त गरेको छ।

गत संसद बैठकमा राप्रपा अध्यक्ष लिङदेनले कांग्रेस सह महामन्त्रीका छोराले भाटभटेनीवाट रक्सी चोरेको र तीनलाई प्रहरीले समातेर छाडेको भन्ने अभिब्यक्ति प्रति कांग्रेसले आज संसदमा जवाफ मागेको हो ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसका कुन सहमहामन्त्रीका कुन छोराले रक्सीको बोतल चोरेका हुन् रु त्यो राप्रपा अध्यक्ष लिङदेनले प्रमाणित गर्नुपर्ने धारणा राखेका छन् ।

‘नेपाली कांग्रेसका कुन चाँही सहमहामन्त्रीको कुन चाँही छोराले रक्सीको बोत्तल बोकेर हिँड्नुभएको हो त्यो प्रमाण पेस गर्नुपर्छ, होइन भन्ने उहाँको भनाइ रेकर्डबाट हटाउनुपर्छ,’ प्रमुख सचेतक घिमिरेले भने ।

लिङ्देनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा भाटभटेनीमा रक्सी चोर्नेमा कांग्रेस सहमहामन्त्रीका छोरा पनि रहेको जनाए पनि नाम भने उल्लेख गरेका थिएनन् । तर, उनको सो अभिब्यक्ति पछि सह महामन्त्री महेन्द्रकुमार यादवका छोराले रक्सी चोरेको भनेर प्रचार भएको थियो ।

तर, यादवका दुवै छोरा डाक्टर रहेको र उनीहरू अध्ययनमा ब्यस्त रहेको भन्दै छोराहरू आकास र विकासले खण्डनसमेत गरिसकेका छन् ।

 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १२ : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको