२९ बैशाख २०८३, मंगलबार | May 13, 2026

प्रचण्डले गरे राप्ती नदी कटानको अनुगमन



नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज “जनतासँग माओवादी तराई मधेस जनजागर अभियान” अन्तर्गत बाँकी कार्यक्रमहरूमा सहभागी हुन बाँके आइपुगेका छन् । अभियान टोली बाँके, बर्दिया र कैलाली हुँदै वैशाख १७ गते कञ्चनपुरमा पुगेर अभियानको समापन गर्ने कार्यक्रम रहेको छ।

बाँकेमा पुगे लगत्तै अध्यक्ष प्रचण्डले राप्ती नदीले कटान गरेको क्षेत्रको अनुगमन गरेका छन् । उक्त क्षेत्रमा नदीमा तटबन्धन निर्माण नहुँदा फत्तेपुर वडा नं. ७ र नरैनापुर क्षेत्र प्रभावित हुँदै आएको छ ।सो स्थानमा संघीय सरकारबाट विनियोजित बजेटमार्फत काम सुरु भएको छ ।

सोही सन्दर्भमा अध्यक्ष प्रचण्डले तत्काल हुनसक्ने क्षतिको न्यूनीकरण (ड्यामेज कन्ट्रोल)का लागि उपलब्ध बजेटबाट काम अघि बढाउन आयोजना प्रमुखलाई निर्देशन दिएका छन् । साथै, थप बजेट का लागि पनि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । प्रचण्डको फत्तेपुर स्थित सहति स्मारकमा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  २ : १३ बजे

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

बुटवलबाट कछुवा सहित एकजना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट जिउँदो कछुवा सहित एक जनालाई

ज्ञानोदय नमुना माबिबाट ८३.९३ प्रतिशत विद्यार्थी ग्रेडेड, झरनाले ल्याइन ४ जिपिए

खजुरा । बाँकेको सामुदायिक विद्यालय मध्यको अब्बल मानिएको खजुराको ज्ञानोदय

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ । करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला