२ श्रावण २०८३, शनिबार | July 18, 2026

‘जागरण अभियानले जनतामा आशा जागेको छ’



कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सञ्चालन गरेको तराई–मधेस जागरण अभियानले जनतामा आशा जागेको बताएका छन् । अभियानको क्रममा पार्टीको जिल्ला समन्वय समिति कैलालीले आज कैलारी गाउँपालिका–७ वैसपुरमा आयोजना गरेको खबरदारी सभामा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने,“अभियानका क्रममा हामीले जनताका दुःख, सुखका कुरा सुन्यौँ । उत्पीडित वर्ग समुदायका समस्या उहाँहरूकै बीचमा रहेर सुन्दा नयाँ उत्साह, आशा र भरोसा बढेको पाएका छौँ ।”

उनले जनतासँगको सम्बन्ध सुदृढ नहुँदा पार्टी कमजोर हुँदै गएको भन्दै त्यही सम्बन्धलाई सुदृढ बनाउन जागरण अभियान सुरु गरिएको बताए । अध्यक्ष प्रचण्डले सहिद, बेपत्ता, घाइते, अपाङ्गता भएका व्यक्तिका परिवारसँगको सम्बन्ध घनिष्ट र सुदृढ बनाएर नजानु विगतमा पार्टीको कमजोरी भएका र यसलाई सुधार्दै जाने प्रतिबद्धता व्यक्त गरे । उनले भने,“किसान, मजदुर, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारुलगायत समुदायको सम्बन्धलाई बलियो बनाउँदै जाने कुरामा कमी हुनु नै हाम्रो कमजोरीको मुख्य कारण हो भन्ने निष्कर्ष निकालेपछि जागरण अभियान सुरु गरेका हौँ ।”

जनताको त्याग र बलिदानीबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले फेरि षडयन्त्र भइरहेको र त्यसलाई परास्त गर्न जनताको तागत आवश्यक हुने बताए ।

गत फागुन १२ गते झापाबाट सुरु भएको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान बुधबार कञ्चनपुरमा समापन हुने जनाइएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ९ : ४० बजे

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल

भारी वर्षाको पूर्वानुमानपछि काठमाडौं प्रशासनद्वारा ट्राभल अलर्ट जारी

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको

बुटवलको राजमार्ग चौराहामा टिप्परको ठक्करबाट स्कुटी चालकको मृत्यु

बुटवल । बुटवलको राजमार्ग चौराहामा भएको सवारी दुर्घटनामा एक स्कुटी

अक्सफोर्ड माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थी स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

बुटवल । बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूको

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ