२ श्रावण २०८३, शनिबार | July 18, 2026

जनमत र नागरिक उन्मुक्तिबीच आज एकता हुँदै, पार्टीको नाम ‘नाजपा’ रहने



काठमाडौं। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच आज पार्टी एकता हुनलागेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ः०० बजे घोषणा सभा हुने जनाइएको छ ।

दुईपार्टीबीच पार्टीको नाम र नेतृत्वमा सहमति जुटेपछि एकता घोषणा हुन लागेको हो । दुवै पार्टीको केन्द्रीय समितिले पार्टी एकतालाई अनुमोदन गरिसकेको छ ।

एकीकृत पार्टीको नाम नागरिक जनमत पार्टी ‘नाजपा’ रहनेछ । पार्टीको संरक्षकमा रेशम चौधरी रहने छन् भने सीके राउत अध्यक्ष बन्नेछन् । रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहनेछिन् । नयाँ पार्टीको चुनावचिन्ह ढकिया रहनेछ । यो नागरिक उन्मुक्तिको चुनाव चिन्ह रहेको छ । एकतासँगै यो पार्टी तराई- मधेस केन्द्रित दलको सबैभन्दा ठुलो पार्टी हुनेछ।

सहमति अनुसार मर्यादाक्रममा क्रमशः चौधरी, राउत र श्रेष्ठ रहनेछन् भने २५ सदस्यीय केन्द्रीय पदाधिकारी, ५१ सदस्यीय केन्द्रीय कार्यसमिति र दुवैतर्फका गरी ३५०–३५० गरी कम्तिमा ७ सय केन्द्रीय सदस्य रहने भएका छन् ।

जसअनुसार दुई पार्टीबीच एकता भएपछि प्रतिनिधि सभामा १० सीटसहित छैटौँ ठुलो दल बन्नेछ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ७ : ५८ बजे

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल

भारी वर्षाको पूर्वानुमानपछि काठमाडौं प्रशासनद्वारा ट्राभल अलर्ट जारी

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको

बुटवलको राजमार्ग चौराहामा टिप्परको ठक्करबाट स्कुटी चालकको मृत्यु

बुटवल । बुटवलको राजमार्ग चौराहामा भएको सवारी दुर्घटनामा एक स्कुटी

अक्सफोर्ड माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थी स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

बुटवल । बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूको

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ