४ पुस २०८२, शुक्रबार | December 20, 2025

एमालेले पार्टी सदस्य संख्या साढे सात लाख पुर्याउने



काठमाडौँ । नेकपा (एमाले)ले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पु(याउने जनाएको छ ।

एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षको रूपमा लिएको जनाउँदै सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीको विधान महाधिवेशनसम्म पार्टी सदस्यता कुल मतदाताको ६ प्रतिशत पु¥याउने लक्ष्य लिएको बताए ।

उनका अनुसार पार्टी सदस्यता यही वैशाखभित्र प्रदेश कमिटीलाई पठाउन निर्देशन दिएको छ । “नयाँ पार्टी सदस्यता र नवीकरण यही वैशाखभित्र सम्पन्न गरी प्रदेश कमिटीलाई बुझाउन जिल्ला कमिटीलाई निर्देशन दिएका छौँ,” उनले भने, “त्यसपछि जेठको पहिलो सातासम्म प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा सदस्यता विवरण बुझाउन भन्छौँ ।”

सचिव ढुङ्गेलले हाल पार्टी सदस्यता पाँच लाख ५० हजार रहेको जानकारी दिए । उनले भने, “आगामी विधान महाधिवेशनसम्म सात लाख ५० हजार पुर्याउने हाम्रो लक्ष्य हो ।” एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन तोकेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  १२ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको