१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बद्री केसी समुहको एनआरएन कनक्लेभमा भाग नलिन निर्वाचित एनआरएनएको अपील



काठमाडौं।सर्वोच्च अदालतको परमादेशानुसार गठित उच्चस्तरीय समितिद्वारा काठमाडौंमा आयोजना गरिएको एकता महाधिवेशनबाट निर्वाचित कार्यसमितिले बद्री केसी समूहले काठमाडौंमा आयोजना गर्न लागेको ‘एनआरएनए कनक्लेभ’ नामक कार्यक्रममा भाग नलिन सम्बन्धित सबैलाई अपील गरेको छ।

आइसीसीका नवनिर्वाचित महासचिव बी आर लामाद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा महेश कुमार श्रेष्ठ नेतृत्वको टिमले एकता र सद्भावपूर्ण वातावरण निर्माणको प्रयास गरिरहेको अवस्थामा कसैले पनि यस्तो वातावरण बिथोल्ने र आपसी विश्वासमा आँच पुर्‍याउने कुनै पनि गतिविधि नगर्न अनुरोध गरिएको छ।

‘एकता महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएपश्चात् श्री महेशकुमार श्रेष्ठको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई कार्य गर्न रोक लगाउन माग गर्दै दायर गरिएको रिट निवेदनमा सुनुवाइपश्चात् सम्मानित सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। यसले श्रेष्ठ नेतृत्वको कार्यसमिति नै वैधानिक र आधिकारिक रहेको पुष्टि गर्दछ’, वक्तव्यमा भनिएको छ।

विश्वभर रहेका लाखौँ एनआरएनहरूको भावनाको सम्मान गर्दै, एकता र सद्भाव कायम राख्न सबै पक्षलाई सहयोग र समर्थन गर्न हार्दिक अपील पनि गर्दछौँ, महासचिव लामाद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ११ : ४५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा