३० चैत्र २०८२, सोमबार | April 13, 2026

बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि सांसदहरुले गराए सरकारको ध्यानाकर्षण



काठमाडौं । वर्खायाम सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढेको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसदहरुले गत वर्ष असोजमा आएको बाढीपहिरोले क्षति पुर्याएका संरचना अझै पुनर्निर्माण हुन नसकेकाले यस वर्ष यस्ता घटना दोहोरिन नदिन आवश्यक पूर्वतयारीमा जुट्न सरकारसँग माग गरे ।

सांसद सूर्यमान दोङले गत वर्ष असोजको बाढीपहिरोबाट भएको क्षति यकिन गर्ने, राहत तथा पुनस्र्थापना, क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र मर्मतमम्भारको काममा ढिलाइ भइरहेको बताए ।

त्यस्तै, बिपी राजमार्गमा अहिलेसम्म सहज रुपमा सवारीसाधन सञ्चालन हुन नसकेको विषय पनि उनले उठाए। सांसद लेखनाथ दाहालले गत वर्षको बाढीबाट क्षतिग्रस्त बिपी राजमार्ग अहिले पनि १४ स्थानमा अवरुद्ध रहेको बताए। त्यस्तै, यसै हप्ता बनेपा र पनौती क्षेत्रमा अत्यधिक वर्षा हुँदा रोशी खोलामा आएको बाढीले क्षति पुर्याए पनि राहत तथा उद्धारमा सरकारले ध्यान दिन नसकेको आरोप लगाए ।

सांसद अमरेशकुमार सिंहले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बेथिति बढेकामा सरकारको ध्यानाकर्षण गराए । विमानस्थल अस्तव्यस्त बनेको, ठाउँ साँघुरो भएकाले यात्रु तथा सामानको असुरक्षा बढेको उनको भनाइ थियो ।

सांसद चन्द्रबहादुर विश्वकर्माले सडक दुर्घटना बढेको विषय संसद्मा उठाए । त्यस्तै जाजरकोट जिल्ला कारागारमा कैदीले आत्महत्या गरेको घटनाको छानबिन गर्न उनले माग गरे।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १२ : ०८ बजे

कृषि विकास कार्यालयद्वारा पैँतालीस करोड अनुदान वितरण

नवलपुर । कृषि विकास कार्यालयले करिब रु ४५ करोड अनुदान

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

कञ्चनपुर । चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन

वार्ता असफल भएपछि इरानलाई ट्रम्पले दिए नयाँ धम्की

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यका लागि

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौं । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण