१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

प्रतिनिधिसभामा प्रि-बजेट छलफल १८ घण्टा चल्ने



काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रिबजेट) माथि करिब १८ घण्टा छलफल हुने भएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) आजदेखि प्रतिनिधिसभामा छलफल प्रारम्भ भएको छ ।

सभामुख देवराज घिमिरेको अध्यक्षमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले समयसीमा निर्धारण गरेको हो ।

कार्यतालिकाअनुसार आज चार घण्टा, बुधबार पाँच घण्टा, आगामी जेठ १ गते चार घण्टा तथा जेठ २ गते पाँच घण्टा छलफल हुनेछ ।

दलीय आधारमा समयसीमा निर्धारण गरिएको छ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पाँच/पाँच घण्टा, नेकपा (माओवादी केन्द्र)ले दुई घण्टा, राष्ट्रिय स्वतन्त्र पार्टीले ८२ मिनेट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५० मिनेट, नेकपा (एकीकृत समाजवादी)ले ४० मिनेट, जनता समाजवादी पार्टीले २८ मिनेट, जनमत पार्टीले २४ मिनेट, जनता समाजवादी पार्टी नेपालले १६ मिनेट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १६ मिनेट, नागरिक उन्मुक्ति पार्टीले १६ मिनेट तथा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र स्वतन्त्र सांसदले समान पाँच–पाँच मिनेट समय पाएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १२ : ५२ बजे

माइन, मिसाइल र लामो समुद्री तट : हर्मुज जलडमरूमा इरानको बलियो पकड

पश्चिम एशियाको हर्मुज जलडमरु लगभग चार हप्तादेखि प्रभावकारी रूपमा बन्द

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट

शैक्षिक गुणस्तर सुधार्न विद्यालयमा पूर्वाधार विकास

सिरहा । यहाँको लहान नगरपालिका-८ स्थित सिद्धार्थ आधारभूत विद्यालयमा बिहीबार

बाह्र वर्षपछि दोदा नदीमा पुल निर्माण

दोधारा चाँदनी । कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा