२ श्रावण २०८३, शनिबार | July 18, 2026

वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन



वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आवका १० महिनामा रु एक खर्ब ४० अर्ब ४२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा कूल वार्षिक लक्ष्यको ६४ दशमलव १३ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आर्थिक वर्षमा राजस्व सङ्कलनमा बढोत्तरी हुँदै आएको जानकारी दिए। “चालु आव सकिन अब दुई महिनामात्रै बाँकी छ”, उनले भने, “सो अवधिमा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार हुने अपेक्षा गरेका छौँ ।”

कार्यालयले साउनमा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा रु १३ अर्ब ४७ करोड, कात्तिकमा रु ११ अर्ब १० करोड, मङ्सिरमा रु १४ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको थियो । त्यस्तै पुसमा रु १५ अर्ब ४७ करोड, माघमा रु १४ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको थियो ।

यस्तै फागुनमा रु १४ अर्ब ६३ करोड राजस्व सङ्कलन गरेको छ भने चैतमा भने रु १५ अर्ब ४७ करोड राजस्व सङ्कलन गरेको छ । वैशाखमा भने रु १५ अर्ब ७२ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयका लागि वार्षिक रु दुई खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  ३ : ११ बजे

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ

चीनको चोङकिङमा पहिरो : आठको मृत्यु, ३४ जना बेपत्ता

चोङकिङ । चीनको दक्षिणपश्चिमी सहर चोङकिङमा पहिरोमा परी कम्तीमा आठजनाको

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन भाद्र १ गते

नेपालगन्ज । दलगत प्रतिस्पर्धाको परम्परा रहँदै आएको नेपालगन्ज उद्योग वाणिज्य

सरकारको नियत ठीक छ, जनतालाई मर्का परे निर्णय तुरुन्त सच्याइन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौँ । यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय