२१ माघ २०८२, बुधबार | February 4, 2026

नेपाली हाइब्रिड मकैले क्षेत्र विस्तार गर्दै



चितवन । नेपालमा विकास गरिएको हाइब्रिड (वर्ण सङ्कर) मकैले क्षेत्र विस्तार गर्न थालेको छ ।

पछिल्लो पटक विकास भएको हाइब्रिड रामपुर–१० ले व्यावसायिक उत्पादन शुरु गरेपछि क्षेत्र विस्तार हुन थालेको हो ।

चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले हाइब्रिड जातहरु विकास गरे पनि व्यावसायिक बीउ उत्पादन शुरु नहुँदा किसानसम्म पुग्न सकेको थिएन तर यस वर्षदेखि व्यावसायिक बीउ उत्पादनले क्षेत्र पनि विस्तारमा सहयोग पुर्याएको छ ।

यस वर्ष मात्रै नेपालमा ३० दशमलव पाँच टन रामपुर–१० को हाइब्रिड बीउ उत्पादन भएको छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमसँगको सहकार्यमा देशका विभिन्न सहकारी तथा कम्पनीहरुले बीउ उत्पादन गरेका हुन् ।

यस वर्ष नमूना खेती सहकारी महारानीझोडा झापाले चार टन, गोरखा सिड कम्पनी चितवनले पाँच दशमलव आठ टन, लुम्बिनी सिड कम्पनी रुपन्देहीले १२ टन, युनिक सिड कम्पनी धनगढीले तीन टन र पञ्चशक्ति सिड कम्पनी कैलालीले एक टन हाएब्रिड बीउ उत्पादन गरेका छन् ।

अनुसन्धान कार्यक्रमले समेत तीन टन बीउ उत्पादन गरेको छ । “दुईचार वर्ष अघिसम्म थोरै परिमाणमा मात्रै बीउ उत्पादन हुनेगथ्र्यो”, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका संयोजक डा केशवबाबु कोइरालाले भने, “गत वर्षदेखि उत्पादन वृद्धि हुँदै आएको छ ।”

गत वर्ष पाँच टन बीउ उत्पादन भएकोमा यस वर्ष बढेर ३० दशमलव पाँच टन पुगेको छ । आगामी वर्षहरुमा हाइब्रिड मकैको बीउ उत्पादन बढ्दै जाने कोइरालाले बताए ।

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले पहिलो पटक १७ वर्षअघि सन् २००३ मा नेपालमै ‘गौरव’ नामको मकैको हाइब्रिड जात विकास गरेको थियो तर त्यसको व्यावसायिक उत्पादन फस्टाउन सकेन ।

त्यसपछि पनि रामपुर हाइब्रिड–२, रामपुर–४, रामपुर–६ र रामपुर–८ तयार भए । तीन वर्षअघि सन् २०१७ मा तयार भएको रामपुर–१० भने किसानले रुचाएको पाइएपछि व्यावसायिकरूपमा बीउ उत्पादन शुरु भएको हो ।

समुद्री सतहदेखि ७०० मिटर उचाइसम्म हाइब्रिड रामपुर–१० मकैको खेती गर्न सकिन्छ । नेपालमै विकास भएकाले नेपाली हावापानी सुहाउँदो छ । यो उच्च तापक्रम पनि सहन सक्ने जात हो ।

सन् १९८५ देखि भारतसँग सीमा जोडिएका बारा पर्सा लगायतका जिल्लामा थोरै मात्रामा हाइब्रिड बीउ लगाउन थालिएको थियो ।

नेपालमा २०४५ सालदेखि हाइब्रिड बीउको अनुसन्धान शुरु भएको हो । “नेपालले विकास गरेको बीउमा किसानको आकर्षण छ”, कोइरालाले भने, “माग पुर्याउन सकिएको छैन ।”

स्थापनादेखि हालसम्म कार्यालयले मकैका ३६ जात सिफारिस गरेको छ । तीमध्ये हाइब्रिड सात वटा र सामान्य जात २९ वटा छन् । यस्तै सात वटा जातलाई सूचीबाटै हटाइएको छ ।

मकालु–२, जानकी मकै, सर्लाही सेतो, हेटौँडा कम्पोजिट, ककनी पहेँलो, रामपुर पहेँलो र रामपुर–१ सूचीबाट हटाइएको हो । यी जातका मकै चलनचल्तीमा छैनन् ।

धेरै वर्षसम्म एउटै जातको मकै लगाउँदा उत्पादनमा कमी आउने भएपछि किसान नयाँ जातमा आकर्षित हुने गरेका छन् ।

अनुसन्धान केन्द्रको ८५ हेक्टर क्षेत्रफल र देशका विभिन्न जिल्लामा मकैको बीउ अनुसन्धान र विकासका काम भइरहेका छन् । मकै नेपालको मुख्य बालीभित्र पर्दछ ।

नेपालमा मकै खेती हुने कुल नौ लाख ४० हजार हेक्टरमध्ये १५ प्रतिशतमा हाइब्रिड लाग्छ । हाइब्रिड मकैको बीउ देशभित्र उत्पादन गर्न नसक्दा बर्सेनि करोडौँ मूल्यको बीउ आयात गर्नुपर्ने अवस्था छ ।

उत्पादन र उत्पादकत्व बढाउन हाइब्रिडमा जानुको विकल्प नभएको कृषि वैज्ञानिकले बताउँदै आएका छन् ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ८ : १५ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता