२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

हुम्लाको हिमपहिरोबाट विस्थापित भएकालाई स्थानान्तरण गर्न माग



काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसद रेणु चन्दले हुम्लाको लिमी उपत्यकामा गएको पहिरोका बारेमा सरकार बेखबर भएको टिप्पणी गर्दै सो पहिरोबाट विस्थापित भएका नागरिकको यथाशीघ्र सुरक्षित स्थानमा पुनःस्थापना गर्न माग गरकी छिन् ।

बैठकको विशेष समयमा उनले पीडित जनतालाई तत्काल राहत उपलब्ध गराउन र सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन। “हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित तिलगाउँमा हिमपहिरोले सिङ्गो बस्ती जोखिममा छ, १८ परिवार घर छाडेर पालमुनि बसेका छन्, सरकार अहिलेसम्म पुगेको छैन । सरकारको उपस्थिति र राहत प्राप्त गर्नलाई काठमाडौँमै बाढीपहिरो आउनुपर्ने हो ?”, उनले प्रश्न गरिन।

सांसद चन्दले विपद् व्यवस्थापनको कार्यक्रम, पूर्वतयारी तथा बजेटलगायत बारेमा सदनलाई जानकारी गराउन माग गरिन्। उनले समयमै विपद् पूर्वतयारीमा ध्यान दिन सुझाव दिइन ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  ३ : २० बजे

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्रियो

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ जना घाइते

कपिलवस्तु । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर । वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन-जङ्गल यतिबेला