२७ जेष्ठ २०८३, बुधबार | June 11, 2026

नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : पर्यटनमन्त्री पाण्डे



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गरिने बताएकाछन् ।

नेपाल पर्यटन बोर्डको आयोजना र नेपाल एसोसिएसन फर टुर एन्ड ट्राभल्स (नाटा)को सहकार्यमा गरिएको ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बिआइटिएम)’को उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपाललाई बौद्ध सांस्कृतिक सम्पदाको केन्द्र बनाउँदै आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

“बुद्धको जन्मभूमि लुम्बिनीबाट सुरु भएको शान्तिको सन्देश विश्वभर फैलाउने समय आएको छ”, मन्त्री पाण्डेले भने। लुम्बिनीलाई अन्तरराष्ट्रिय शान्ति सहरका रुपमा विकास गरिने उनले बताए। “बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तरराष्ट्रिय शान्ति सहरका रुपमा विकास गर्न सरकार प्रतिबद्ध छ”, मन्त्री पाण्डेले भने ।

कपिलवस्तु, रामग्राम, देवदह, तिलौराकोटलगायतका प्रमुख सर्किटमा केन्द्रित हुँदै बौद्ध पर्यटनलाई प्राथमिकता दिइएको उनको भनाइ थियो । मन्त्री पाण्डेले बौद्ध पर्यटन प्रवद्र्धनका लागि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा नियमित उडान र सडक सञ्जालको प्रभावकारी पहुँच स्थापित गर्ने काम भइरहेको बताए। युनेस्को प्रतिनिधिसँगको पछिल्लो संवादलाई उल्लेख गर्दै उनले लुम्बिनीलाई जोखिमयुक्त सूचीमा नराख्न आग्रह गरिएको उहाँले बताए । साथै तिलौराकोटलाई युनेस्कोको सम्भावित सूचीमा समावेश गराउन सरकारले पहल गरिरहेको मन्त्री पाण्डेले उल्लेख गरे। मन्त्री पाण्डेले मुलुक शान्ति र समृद्धिको नयाँ युगतर्फको यात्राको रहेकाले विश्व शान्तिको चाहना राख्नेलाई नेपाल भ्रमण गर्नसमेत आग्रह गरे ।

कार्यक्रममा कोशी प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री षडानन्द मण्डलले प्रदेश सरकारले पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताए । बिआइटिएम–२०२५ को उद्घाटन समारोहमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपाल पर्यटकीय गन्तव्य मात्र नभएर शान्तिको आध्यात्मिक यात्रास्थल भएको बताए ।

उनले भने, “नेपाललाई बौद्ध पर्यटनको केन्द्रका रूपमा विश्वमा पुनःस्थापना गर्न यस प्रकारका अन्तरराष्ट्रिय कार्यक्रम निर्णायक साबित हुनेछन् । बुद्धको जन्मभूमि नेपाल अब विश्व आध्यात्मिक यात्रा र आत्मअन्वेषणको केन्द्र बन्ने दिशामा अग्रसर छ । हामी नेपाललाई केवल गन्तव्यका रूपमा होइन, आध्यात्मिक यात्राको सुरुआत विन्दुका रूपमा प्रस्तुत गर्दैछौँ ।”

नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले अध्यात्मक पर्यटनमा मार्ट उपयोगी बन्ने विश्वास व्यक्त गरे । नेपाल उद्योग, वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस किसिमका अन्तरराष्ट्रिय मार्टले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा लार्केल लामाले नेपाल शान्तिको भूमि भएको विषय संसारलाई बुझाउन लागिरहेको बताए ।

कार्यक्रममा नाट्टाका वरिष्ठ उपाध्यक्ष जेसवन तुलाधर श्रेष्ठले सहभागीलाई धन्यवाद ज्ञापन गरे । त्यसैगरी, बिआइटिएमको उद्घाटन समारोहमा नाटाका पूर्वअध्यक्षहरू सिएन पाण्डे, अच्युत गुरागाईं र रमेश थापालाई मन्त्री पाण्डेले सम्मान गरेका थिए ।

कार्यक्रममा स्मारिका समेत विमोचनसमेत गरिएको थियो । तीनदिने मार्टमा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, थाइल्यान्ड, म्यान्मार, भुटानलगायतका मुलुकबाट एक सयभन्दा बढी पर्यटन व्यवसायीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  ३ : ४१ बजे

कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सदस्यता व्यवस्थापन केन्द्रीय समितिका

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको सबैभन्दा लामोसमय प्रधानमन्त्री पदमा

यस्तो रहनेछ आज राती र भोलिको मौसम

काठमाडौँ । पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द

मुस्ताङ । स्याउको राजधानीका रूपमा परिचित मुस्ताङका किसानलाई स्याउखेती गर्न