२ श्रावण २०८३, शनिबार | July 18, 2026

जागरण अभियान राष्ट्रिय एकताको अभियान बन्न पुग्यो : अध्यक्ष प्रचण्ड



कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ राष्ट्रिय एकताको अभियान बन्न पुगेको बताएका छन् ।

अभियानका क्रममा पोखरा आइपुगेका अवसरमा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले आज साँझ पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बैतडीदेखी सुरु भएर पोखरासम्म आइपुग्दा राष्ट्रिय एकताको अभियान बनेको बताए ।

अध्यक्ष प्रचण्डले भने, “स्थानीय तहमा नेपाली कांग्रेस तथा नेकपा (एमाले) का सरकार भएका ठाउँमा समेत अभियानको स्वागत, अभिनन्दन र अभियान सफलताको शुभकामना व्यक्त गरिएको छ । सयौँ ठाँउमा प्रत्यक्ष सहयोग समेत भएको छ । यो माओवादीको मात्र अभियान नभएर राष्टिय एकताको अभियान र देशमा राजनीतिक अस्पष्टता र अराजकताको समाधानको अभियान बन्न पुगेको पुगेको छ ।”

मध्यपहाडी लोकमार्ग केन्द्रीत जनजागरण अभियानको पहिलो चरण शनिबार पोखरामा सभा आयोजना पछि सम्पन्न हुने अध्यक्ष प्रचण्डले जानकारी दिए । उनले जनताले राखेका मागहरु सरकारलाई बुझाइने र आगामी बजेटमा सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  १० : ०७ बजे

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम । दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२/८३

कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ; पूर्जा छ,श्रेस्ता छैन

धनगढी । कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले

लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व देवेन्द्रराज पाण्डेको निधन

काठमाडौं । नागरिक अगुवा, पूर्वअर्थमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व