४ पुस २०८२, शुक्रबार | December 19, 2025

महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला



काठमाडौं । पटक पटक विवादमा आइरहने पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएको बलात्कार प्रकरणकी पीडित रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा शाही मृत अवस्थामा फेला परेकी हुन् ।

बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरेर बस्ने ५० वर्षिया शाही मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । शाही पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार आरोप प्रकरणकी पीडित हुन् । पछि अदालतबाट महराले यसमा सफाइ पाइसकेका छन् ।

आइतबार दिउँसो १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा शाही फेला परेकी जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको बताइएको छ । प्रहरीका अनुसार घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ । शाहीको स्थायी घर जाजरकोट रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ५ : ३० बजे

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१