२४ श्रावण २०८३, आइतबार | August 9, 2026

महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला



काठमाडौं । पटक पटक विवादमा आइरहने पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएको बलात्कार प्रकरणकी पीडित रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा शाही मृत अवस्थामा फेला परेकी हुन् ।

बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरेर बस्ने ५० वर्षिया शाही मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । शाही पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार आरोप प्रकरणकी पीडित हुन् । पछि अदालतबाट महराले यसमा सफाइ पाइसकेका छन् ।

आइतबार दिउँसो १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा शाही फेला परेकी जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको बताइएको छ । प्रहरीका अनुसार घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ । शाहीको स्थायी घर जाजरकोट रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ५ : ३० बजे

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता

शासकीय अराजकताले देश आक्रान्त छ, नागरिकमा अनिश्चितता र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका

प्रधानमन्त्री शाहले एकैदिन भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोली दक्षिणी छिमेकी मुलुक भारत

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

दमौली । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको