काठमाडौं। प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
सुचना टाँस गरेर अपरान्ह साढे ३ बजेलाई तय गरिएको बैठक चल्न नसके पछि भोलि दिउँसो १ः०० बजेसम्मका लागि स्थगित भएको हो ।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीले निरन्तर सदन अवरुद्ध गरे पछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर, गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडानमा बिपक्षी दल रहे पछि सभामुख देवराज घिमिरेले सुचना टाँस गरेर ३ः३० बजेका लागि बैठक तय गरिएको थियो ।
सो समयसिमामा पनि सहमति नभए पछि भोलि १ः०० बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।



















प्रतिक्रिया