काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संवैधानिक रुपमा आजै आउनुपर्ने बजेटका लागि आफुहरुले संसद अवरोध स्थगित गरेको बताए । उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागलाई यथावतै राखेको बताए ।
त्यसलगत्तै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गरिरहेका छन् ।
यसपछि आजै बस्ने संसदका दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्रीले आर्थिक वर्ष २०८२/८३को वार्षिक बजेट पेश गर्नेछन् ।


















प्रतिक्रिया