६ पुस २०८२, आइतबार | December 21, 2025

गोरखामा १० सङ्क्रमित थपिए, गण्डकीमा कुल संक्रमित संख्या २ हजार ६६० पुग्यो



पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६६० पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको पछिल्लो कोरोना अपडेट अनुसार मंगलबार ११:४० सम्म थप १०जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

थपिनेहरु सबै गोरखाका जिल्लाका रहेका छनन् । जसमध्ये बारपाक सुलिकोटका ८ जना, भिमसेनथापाका १ जना र सिरानचोकका १ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाएका छन् ।

सबै सङ्क्रमितहरु कन्ट्याक्ट ट्रेसिङमार्फत पहिचान भएका हुन ।

निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हालसम्म ५२ हजार ५सय बढीको पीसीआरको नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो । ती मध्ये सङ्क्रमितको सङ्ख्या दुई हजार ६६० रहेको छ ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  १२ : ४५ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा