६ बैशाख २०८१, बिहिबार | April 18, 2024

प्रदेश ५ का प्रहरीलाई थप अनुशासित बनाईदै, कारवाहीको तुलनामा पुरस्कार पाउने बढी



बुटवल । नेपाल प्रहरीको प्रदेश नम्बर ५ को संगठनमा कारवाहीको तुलनामा पुरस्कृत हुनेको संख्या झण्डै तेब्बर रहेको पाईएको छ ।

प्रदेश नं. ५ मा प्रहरीको आचरण, नीति र नियम विपरित काम २५९ जना बिभिन्न दर्जाका प्रहरीहरु कारवाहीमा पर्दा प्रदेशका विभिन्न जिम्मेवारी पुरा गर्ने ९९० जना प्रहरीहरु पुरस्कृत पनि भएका छन् ।

प्रदेश नं. ५ प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारका अनुसार सङ्गठनले राखेको लक्ष्य र उद्देश्यविपरीत काम गर्नेलाई कारबाही गरिएको छ भने दिईएको जिम्मेवारी समयमा पुरा गर्ने, आचरण, नीति र नियमको पालना गर्ने प्रहरीलाई पुरस्कृत गर्ने गरिएको छ ।

कारवाहीको तलुनामा पुरस्कृत हुने बढी :

नेपाल प्रहरीले आफ्ना हौसला प्रदान गर्न तथा कामको उचित मुल्याँकन गर्न राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत पनि गर्ने गरेको छ । त्यस्ता पुरस्कारहरु नगद पुरस्कार, ग्रेड थप, बढुवा सिफरिस, पदक बिभुषण सिफारिस जस्ता पर्ने गरेका छन् ।

संगठनको नीतिभित्र बसेर सिर्जनशील काम गरेको, तोकिएका जिम्मेवारी पूरा गरेको, अनुसन्धानमा सफल भएको, लागुऔषध, कर्तव्य ज्यान, सवारी दुर्घटना, जबर्जस्ती करणी, हत्या, अवैध सामान र अवैध हातहतियारमा संलग्नलाई पक्राउ गर्न सफल हुने प्रहरीलाई सम्मान तथा पुरस्कृत गर्ने गरिएको छ ।

आर्थिक वर्ष ०७६/७७ मा मात्र प्रदेश नं ५ अन्तर्गतका प्रहरी कार्यालयहरुमा कार्यरत ९९० प्रहरीलाई पुरस्कृत गरिएको छ । प्रदेश नम्वर ५ प्रदेश प्रहरी कार्यालय श्रोतका अनुसार प्रदेशमा सबैभन्दा धेरै बाँकेका १३२ जना प्रहरीलाई पुरस्कृत गरिएको छ भने रुपन्देहीका १२७, कपिलवस्तुका १०५ जना प्रहरीलाई पुरस्कृत गरिएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय नवलपरासीका ४७, गुल्मीका ३७, पाल्पाका ३९, अर्घाखाँचीका ७३, दाङका ८५, बर्दियाका ८१, रोल्पाका ६७, प्युठानका १७ र रुकुम (पूर्व) का ५७ जना बिभिन्न दर्जाका प्रहरीहरु पुरस्कृत भएका छन् ।

५ नं प्रदेश प्रहरी कार्यालय दाङका ५० जना , ५ नं प्रदेश तालिम केन्द्र बुटवलका ८ जना, ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका ३ जना, ५ नं प्रदेश सशस्त्र प्रहरी गण खजुरा बाँकेका ३८ जना तथा ५ नं प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण बुटवलका २४ जना प्रहरीलाई पुरस्कृत गरिएको पनि श्रोतले बताएको छ ।

प्रहरीको आचरण विपरित काम गर्नेलाई नसिहत, चेतावनी, निलम्बन, ग्रेड रोक्का, पदोन्नती रोक्का, दर्जा घटुवा, चालचलन सम्बन्धि प्रतिकुल राय दिनेजस्ता कारवाही भएको प्रदेश प्रहरी कार्यालय, दाङले जनाएको छ ।

आचरण विपरित कार्यगर्ने प्रहरीलाई कारवाहीको दायरा बढाईयो :

प्रदेश नं. ५ मा आर्थिक वर्ष २०७५र७६ मा भन्दा आर्थिक वर्ष २०७६/७७ मा दोब्बर बढाएर आचरण, नीति र नियम विपरित काम गरेका प्रहरीहरुलाई कारवाही गरिएको छ । आर्थिक वर्ष २०७५/७६ मा १७६ प्रहरीलाई कारवाही गरिएको थियो भने आर्थिक वर्ष २०७६/७७ मा २५९ प्रहरी कारवाहीमा परेका छन् ।

कारवाहीमा परेका प्रहरीहरुमा सबैभन्दा धेरै नसिहतमा १२७ जना छन् । चालचलन सम्बधी प्रतिकूलमा पाँच, ग्रेड घटुवामा १४, ग्रेड रोक्कामा पाँच, शुरु स्केल घटुवामा दुई, पदोन्नति रोक्कामा १३, नोकरीबाट हटाइएकामा ३२, बर्खास्त गरिएकामा १, निलम्बनमा ७, स्वतः निलम्बनमा नौ र सचेत गराइएकामा ४४ जना रहेको प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए ।

प्रदेश प्रहरी कार्यालय प्रमुखकारुपमा नायव प्रहरी महानिरिक्षक रबिन्द्र सिंह धानुक आए लगत्तै बुटवल र कोहलपुरका नायव प्रहरी उपरिक्षक डीएसपीलाई कारवाही स्वरुप दाङ तानेका थिए । उनी आए लगत्तै प्रदेश ५ प्रहरी संगठनमा कारवाहीको प्रक्रियाले तिब्रता पाएको प्रहरी श्रोतले भन्यो ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  १ : ०६ बजे

समृद्धी सलोन एण्ड एकेडेमीको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर

बुटवल । बुटवलमा विगत ८ वर्षदेखि हेयर डिजाइन तथा सौन्दर्य

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

काठमाडौं । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको

कोशी प्रदेशसभामा पेश भयो संकल्प प्रस्ताव

विराटनगर । कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले

डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा