राज्यका सबै अङ्ग परिचालित छन्, तैपनि रोकिँदैन भाइरस संक्रमणको फैलावट

के हुन सक्छन् कोरोना भाइरस नियन्त्रण हुन नसक्नुका कारण ?
शरण कर्माचार्य
२३ भाद्र २०७७, मंगलवार

बुटवल । सरकारले नानीदेखिको बल लगाएर संक्रमण नियन्त्रण गर्न जुटे पनि विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस फैलने क्रम घट्नुका सट्टा अझै बढी रहेको छ । विश्वसमूदायसँगै नेपालमा पनि पछिल्लो १ महिनादेखि मृत्यु दर बढेको देखिएको छ ।

नेपालमा कोरोना संक्रमणको संख्या बढ्नु र लकडाउन वा निषेधाज्ञा जारी गर्ने कार्य एक आपसमा प्रतिस्पर्धा गरे जस्तै देखिएको छ । सरकार लकडाउन वा निषेधाज्ञामा कडाई गर्दा संख्या अलि घटे जस्तो हुने र खुकुलो पारेसँगै संख्या बढ्न थाल्नु विगत केहि महिनादेखि देखिंदै आएको छ ।

लकडाउन, निषेधाज्ञा, क्वारेन्टिन, आइसोलेसनका आ आफ्ना मापदण्ड होलान् । विज्ञहरुले फैलँदो संक्रमणलाई मध्यनजर गरेर नै त्यस्ता मापदण्ड तय गरेका होलान् । तर विज्ञहरुले तयार गरेको मापदण्डको सबै बारबन्धनलाई भत्काउँदै कोभिड–१९ लगातार अगाडि बढिरहेको छ । राज्यका सबै तहले लगाएको छेकबारले संक्रमणको फैलावटलाई रोक्न सकेको देखिएको छैन ।

यसरी बढ्दैछ संक्रमणः

नेपालमा कुनै पनि व्यक्तिमा कोरोना जस्तै लक्षण देखियो भने उसको स्वाव लिईन्छ र पीसीआर परीक्षण गरिन्छ । २ देखि ३ दिनमा परीक्षणको रिपोर्ट आउँछ । लक्षण देखिएका बिरामी गम्भिर छ भने अस्पताल राखिन्छ अन्यथा रिपोर्ट नआउँदासम्म उसलाई सेल्फ क्वारेन्टिन भन्दै घर पठाईन्छ । रिपोर्ट नआउँदासम्म रुघा खोकी लागेको व्यक्तिलाई निर्वाध समुदायमा घुम्न छुट दिइन्छ । २ वा ३ दिनपछि स्वाव दिएको व्यक्तिमा संक्रमण पुष्टि भएपछि मात्र उनलाई आइसोलेसनमा लगिने गरिएको छ ।

पछिल्लो समय संक्रमित व्यक्तिलाई होम आइसोलेसन बस्न पनि छुट दिईएको छ ।

लकडाउन, निषेधाज्ञा, क्वारेन्टिन, आइसोलेसनका आ आफ्ना मापदण्ड होलान् । विज्ञहरुले फैलँदो संक्रमणलाई मध्यनजर गरेर नै त्यस्ता मापदण्ड तय गरेका होलान् । तर विज्ञहरुले तयार गरेको मापदण्डको सबै बारबन्धनलाई भत्काउँदै कोभिड–१९ लगातार अगाडि बढिरहेको छ । राज्यका सबै तहले लगाएको छेकबारले संक्रमणको फैलावटलाई रोक्न सकेको देखिएको छैन ।

आइसालेसनमा बसेको ३ दिनपछि संक्रमितसँग सम्पर्कमा आएकाहरुको नाम सोधिन्छ र त्यसैका आधारमा उनको कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुलाई फेरी सम्पर्कमा आएको ५ देखि ७ दिनपछि मात्र स्वाव दिन बोलाईन्छ वा लक्षण नभएको अवस्थामा घरमै क्वारेन्टिनमा बस्न सल्लाह दिइन्छ ।

सम्पर्कमा आएका ब्यक्ति घरमा छन् वा समुदायमा मज्जाले घुमिरहेका छन् त्यो न त स्थानीय तहले चासो राख्छ न सरकारी स्वास्थ्य निकायले । कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु स्वाव नदिँदासम्म निर्वाध समुदायमा घुम्छन् र जब उनीहरुमा लक्षण देखिन्छ वा संक्रमण पुष्टि हुन्छ । तब मात्र उनीहरुलाई आइसोलेट गरिन्छ । त्यतिबेलासम्म धेरै ढिला भइसकेको हुन्छ । पीसीआर रिपोर्ट नआउँदासम्म दिइएको छुटको दुरुपयोग गर्दै ती सम्पर्कमा आएका व्यक्तिहरुले सयौंसँग सम्पर्क गर्दछन् । यसरी भाइरस संख्यात्मक र गुणात्मक रुपले फैलिन्छ ।

आम नागरिकमा चेतनाको कमीले पनि संक्रमण नियन्त्रण हुन नसकेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाह बताउँछन् । उनले कन्ट्याक्ट ट्रेसिङको संकलन, ट्रेसिङमा परेकाको स्वाव संकलन र व्यवस्थापनमा भएको कमजोरी पनि संक्रमण बढ्नुको कारण भएको स्वीकार गर्छन् । सिमावर्ती बजारमा खुल्ला सिमाना पनि अर्को जोखिम भएको शाहको ठहर छ ।

सम्पर्कमा आएका ब्यक्ति घरमा छन् वा समुदायमा मज्जाले घुमिरहेका छन् त्यो न त स्थानीय तहले चासो राख्छ न सरकारी स्वास्थ्य निकायले । कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु स्वाव नदिँदासम्म निर्वाध समुदायमा घुम्छन् र जब उनीहरुमा लक्षण देखिन्छ वा संक्रमण पुष्टि हुन्छ । तब मात्र उनीहरुलाई आइसोलेट गरिन्छ ।

सरकारले स्वाव संकलन भएका ब्यक्तिको रिपोर्ट नआउंदा सम्म पोजिटिभनै मानेर स्वाव दिने ब्यक्तिलाई आइसोलेट गर्नुपर्ने नीति बनाए पनि ब्यवहारमा लागु हुन नसकेको स्वास्या कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठको भनाई छ ।

प्रयोगशालामा संक्रमितको गलत विवरण :

समाजले संक्रमितलाई हेर्ने दृष्टिकोण र व्यवहारका कारण कतिपय लक्षण देखिएका व्यक्तिहरुले गलत नाम, गलत ठेगाना र गलत सम्पर्क नम्बर दिने गरेको पनि भेटियो । संक्रमण पुष्टि भएपछि मोवाइल नउठाउने, सम्पर्कमा नआउने र पहिचान नखुल्ने समस्या पनि संक्रमण फैलनुको अर्को कारण हुन सक्दछ ।

प्रयोगशाला वा स्थानीयतहले संक्रमितको बिवरण लिंदा उनीहरुको परिचयपत्र वा सम्पर्कको पहिचान नगरी स्वाव संकलन गरिदिएका कारण पनि समुदायमा संक्रमण भुसको आगो जस्तै फैलिएको भन्न सकिन्छ ।

लकडाउनको नाममा छोटो समयमा अत्यावश्यक वस्तु किन्नुपर्दाको भिडभाडः

राज्यले संक्रमण नियन्त्रणका नाममा कहिले लकडाउन कहिले निषेधाज्ञा लगाउने गरेको छ । त्यस्ता लकडाउन र निषेधाज्ञामा सिमित समय अत्यावश्यक सामाग्रीको खरिद बिक्रि गर्ने समय निर्धारण गर्ने गरेको छ । छाटो समयमा अत्यावश्यक सामानको जोहो गर्न उपभोक्ताहरु एकै पटक त्यस्ता पसलहरुमा ओईरिंदा भौतिक दुरीको मापदण्ड ध्वस्त भएर पनि समुदायमा संक्रमण फैलिएको हुन सक्दछ ।

कागजमा जारी गरिएका त्यस्ता आदेशहरुको न त राज्यले अनुगमन गरेको छ न कारवाही । दैनिक उपभोग्य वस्तुका पसलहरुमा मेला लागे जस्तै उपभोक्ताहरुको भिड लागेको देखेर पनि राज्य चुपचाप कागजको आदेश हेरेर बसिदिनाले संक्रमण फैलिनमा मद्दत पुगेको छ ।

कागजमा जारी गरिएका त्यस्ता आदेशहरुको न त राज्यले अनुगमन गरेको छ न कारवाही । दैनिक उपभोग्य वस्तुका पसलहरुमा मेला लागे जस्तै उपभोक्ताहरुको भिड लागेको देखेर पनि राज्य चुपचाप कागजको आदेश हेरेर बसिदिनाले संक्रमण फैलिनमा मद्दत पुगेको छ ।

कृहिदिन अगाडी रुपन्देहीका ४ उद्योग बाणिज्य संघहरुले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा पनि छोटो समय पसल ब्यापार खोल्ने प्रशासनको निर्णयका कारण भौतिक दुरी बिनाको भिडभाड भएको उल्लेख गरिएको थियो । फेरिपनि रुपन्देही प्रशासनले दैनिक उपभोग्य अत्यावश्यक सामाग्रीलाई बिहान बेलुका ५ घण्टा खोल्न दिने भन्दै अन्य पसललाई भने ७ घण्टा खोल्न पाउने नीति बनाएको छ ।

स्वास्थ्य सुरक्षा सामाग्रीको अभाव :

राज्यले कोरोनाबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सामाग्री प्रयोग गर्न आह्वान गरेपनि बजारमा भएको कृतिम अभावका विषयमा राज्य नजरअन्दाज गरिदिएको छ । बजारमा संक्रमणको सुरुवातमा मास्क हाहाकार भयो, मास्क आयो सेनेटाईजरको हाहाकार भयो, सेनेटाईजर पनि आयो तर अहिले पनि बजारमा सर्जिकल पञ्जाको हाहाकार छ ।

सामान्य अवस्थामा ४५० रुपैयाँमा पाईने पञ्जा ८ सय देखि १२ सय सम्ममा बिक्रि भईरहेको छ । सर्वसाधारणले १२ सय तिर्न तयार हुंदापनि औषधी सप्लायर्सहरु बिक्री गर्न तयार हुँदैनन् ।

बुटवलमा उपमहानगर उप प्रमुखको नेतृत्वमा बजार अनुगमनमा खरिद मुल्य भन्दा बढीमा बिक्रि गरेको रङ्गेहात पुष्टि हुँदा पनि सम्झाईबुझाई गर्नेमा नै अनुगम समिति सीमित रहन गयो ।

बुटवलमा उपमहानगर उप प्रमुखको नेतृत्वमा बजार अनुगमनमा खरिद मुल्य भन्दा बढीमा बिक्रि गरेको रङ्गेहात पुष्टि हुँदा पनि सम्झाईबुझाई गर्नेमा नै अनुगम समिति सीमित रहन गयो । फन्टलाइनमा काम गर्ने श्रमिकहरुले समयमा सहज स्वास्थ्य सामाग्री नपाउँदा पनि संक्रमण फैलियो ।

मापदण्ड विपरित आइसोलेसन :

राज्यले अभियानकै रुपमा आइसोलेसन त बनायो, तर मापदण्ड विपरितका त्यस्ता आइसोलेसनले संक्रमण नियन्त्रणको सट्टा अझै बढायो । स्थानीय पालिकाहरुले बनाएको टिनको छाना मुनीका आइसोलेसनमा बस्न नसकेर संक्रमितहरु राती सुत्न घरघर जाने र बिहान सबैलाई देखाउन आइसोलेसनमा आउने जस्ता कार्य गर्दा समुदायमा संक्रमण फैलियो ।

एउटै शौचालयमा सयौं संक्रमित, आइसोलेसनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवकले प्रयोग गर्दा संक्रमण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी हुँदै समुदायमा पुग्यो ।

बेवारिसे होम आइसोलेसन :

निम्न र गरिव एवं श्रमिकहरुमा संक्रमण केन्द्रित रहँदासम्म होम आइसोलेसन वा सेल्फ पेड आइसोलेसनको मापदण्ड बनाइएको थिएन । जब जब उच्च ओहोदामा रहेका, हुनेखाने धनी वर्गलाई कोरोना संक्रमण देखिन थाल्यो, त्यसपछि राज्यले बनाएको साझा शौचालय, साझा धारा, साझा भान्छा सहितको आइसोलेसनमा बस्न उनीहरुले अनिक्षा जाहेर गरेपछि होम आइसोलेसन वा सेल्फ पेड आइसोलेसनको अभ्यास गरियो ।

जब जब उच्च ओहोदामा रहेका, हुनेखाने धनी वर्गलाई कोरोना संक्रमण देखिन थाल्यो, त्यसपछि राज्यले बनाएको साझा शौचालय, साझा धारा, साझा भान्छा सहितको आइसोलेसनमा बस्न उनीहरुले अनिक्षा जाहेर गरेपछि होम आइसोलेसन वा सेल्फ पेड आइसोलेसनको अभ्यास गरियो ।

सेल्फ पेड आइसोलेसन र होम आइसोलेसनमा बस्नेहरुलाई दैनिक स्थानीय तहको स्वास्थ्यकर्मीले निगरानी राख्ने त भनियो, उनीहरुलाई निगरानी गरे वापत प्रतिदिन प्रति संक्रमित २०० रुपैयाँ भत्ताको पनि ब्यवस्था गरियो । तर कन्ट्याक्ट ट्रेसिङको नाम सोध्न बाहेक ती स्वास्थ्यकर्मीहरु संक्रमितको घर पुगेनन् । न त उनीहरुको स्वास्थ्य अवस्था नै सोधे । बुटवल–८ मा होम आइसोलेसनमा बसेका एकजना संक्रमितले आइसोलेट अवधिमा एक पटक सम्पर्क व्यक्तिको नाम सोध्न र एक पटक परिवारमा देखिएको थप संक्रमणको जानकारी दिन मात्र फोन गरेको बताए ।

संक्रमण मुक्त भएकाहरुले पनि बेसार पानी र आफैले जोहो गरेको तागतिलो खाद्य वस्तु खाएर निको भएको भन्ने प्रतिक्रिया दिएबाट पनि सेल्फपेड र होम आइसोलेसन बेवारिसे बनाइएको पुष्टि हुन्छ ।

केहि स्थानहरुमा जन प्रतिनिधिहरु होम आइसोलेसनमा बसेको घरको मुल ढोकाको टाढै बाट केहि आयुर्वेदिक औषधी फ्याँकेर ‘सञ्चै ?’ भनेर सोध्ने बाहेक स्वास्थ्यकर्मीके निगरानी गरेको पाईएको छैन । जनप्रतिनिधिहरुले बीचबाटोबाट कराउंदै स्वास्थ्यलाभको कामनापछि थाहा नपाएकाले पनि थाहा पाएर संक्रमित होम आइसोलसनमा बसेको घर वरिपरि हिँड्न डराएको तितो अनुभव पनि संक्रमितले भोगेको बताउँछन् ।

संक्रमण नियन्त्रण गर्न हजारौं स्वास्थ्यकर्मी जोखिमकै बीच क्रियाशिल छन्, सुरक्षाकर्मी राज्यले जारी गरेका लकडाउन र निषेधाज्ञा पालना गराउन सक्रिय नै देखिन्छन् र राज्यका तीनैवटा निकाय पूर्ण रुपमा कोरोना नियन्त्रणका लाथि क्रियाशिल नै देखिन्छन् । तर संक्रमण नियन्त्रण उन्मुख होईन उकालो चढेकै छ ।

नियन्त्रणका लागि राज्यले बनाएको नीति र मापदण्ड एकपटक पुनर्विचार नगर्ने हो भने अहिलेकै मापदण्डमा बसेर नियन्त्रण त्यति सजिलो देखिँदैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*