१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

एमाले कार्यकर्ता भेटघाट गर्न कसैलाई सोध्न पर्दैन : विद्या भण्डारी



विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफु देशभरका एमाले कार्यकर्ताहरुलाई भेटघाट गर्दा कसैलाई सोध्नु नपर्ने प्रष्ट पारेकी छिन् ।

मङ्गलवार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै भण्डारीले आफु राष्ट्रपति हुनुभन्दा पहिला एमाले भएकाले कार्यकर्ताहरूसँग भेटघाट गर्न अनुमति लिइरहनु नपर्ने बताएकी हुन् ।

‘राष्ट्रपति हुनुभन्दा पहिले, संगठित सदस्यता लिनुभन्दा पहिले नै पार्टीमा काम गरेको हुँदा चिनजान ठूलै छ। पार्टीमा त्यसरी परिचित भएको नेताले कार्यक्रमहरूमा मलाई बोलाउनु स्वाभाविकै हुन्छ । ‘मैले पनि समाजसँग साक्षात्कार गर्दै गर्नुपर्‍यो, भेटघाट गर्दै गर्नुपर्‍यो, के छ जनताको विचार, आकांक्षाहरू ? नयाँ पुस्ता के चाहन्छन् ?’, उनले भनिन, ‘त्यस हिसाबले देशभित्र घुमफिर गर्न मैले नेकपा एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्छ भन्ने लाग्दैन।’

भण्डारीको सक्रियताबाट पुनः एमालेको अध्यक्ष हुने तयारी गरेका प्रधानमन्त्री केपी शर्मा ओली आत्तिएका छन् । ओलीले नाम नलिइकन भण्डारीको सक्रियताप्रति असन्तुष्टि पोख्दै आएका छन् ।

संचारकर्मीहरुसँग भण्डारीले आफूले कुनै गुटको राजनीति नगरेको बताइन । उनले तत्काल वाम एकता संभव नभएको पनि प्रष्ट पारिन । वाम पार्टीहरुबीच विश्वासको संकट रहेकाले एकता तत्काल सम्भव नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ११ : २३ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल