३ पुस २०८२, बिहिबार | December 18, 2025

एमाले कार्यकर्ता भेटघाट गर्न कसैलाई सोध्न पर्दैन : विद्या भण्डारी



विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफु देशभरका एमाले कार्यकर्ताहरुलाई भेटघाट गर्दा कसैलाई सोध्नु नपर्ने प्रष्ट पारेकी छिन् ।

मङ्गलवार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै भण्डारीले आफु राष्ट्रपति हुनुभन्दा पहिला एमाले भएकाले कार्यकर्ताहरूसँग भेटघाट गर्न अनुमति लिइरहनु नपर्ने बताएकी हुन् ।

‘राष्ट्रपति हुनुभन्दा पहिले, संगठित सदस्यता लिनुभन्दा पहिले नै पार्टीमा काम गरेको हुँदा चिनजान ठूलै छ। पार्टीमा त्यसरी परिचित भएको नेताले कार्यक्रमहरूमा मलाई बोलाउनु स्वाभाविकै हुन्छ । ‘मैले पनि समाजसँग साक्षात्कार गर्दै गर्नुपर्‍यो, भेटघाट गर्दै गर्नुपर्‍यो, के छ जनताको विचार, आकांक्षाहरू ? नयाँ पुस्ता के चाहन्छन् ?’, उनले भनिन, ‘त्यस हिसाबले देशभित्र घुमफिर गर्न मैले नेकपा एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्छ भन्ने लाग्दैन।’

भण्डारीको सक्रियताबाट पुनः एमालेको अध्यक्ष हुने तयारी गरेका प्रधानमन्त्री केपी शर्मा ओली आत्तिएका छन् । ओलीले नाम नलिइकन भण्डारीको सक्रियताप्रति असन्तुष्टि पोख्दै आएका छन् ।

संचारकर्मीहरुसँग भण्डारीले आफूले कुनै गुटको राजनीति नगरेको बताइन । उनले तत्काल वाम एकता संभव नभएको पनि प्रष्ट पारिन । वाम पार्टीहरुबीच विश्वासको संकट रहेकाले एकता तत्काल सम्भव नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ११ : २३ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन