काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि स्थगन भएको छ । बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगन गरेका हुन् ।
अर्को बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै जेठ १३ गतेबाट अवरोध गर्दै आएका विपक्षीले आज पनि बैठकमा अवरोध गरे ।

सभामुख देवराज घिमिरेले बैठक सुरु हुनेवित्तिकै प्रतिपक्षीहरूले उठेर विरोध गरेका थिए । सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गरे पनि सांसदहरुले मानेनन् । बरु उल्टै प्रतिपक्षी सांसदहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी गरेका थिए ।
त्यसपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन् ।



















प्रतिक्रिया