३२ असार २०८३, बिहिबार | July 16, 2026

प्रतिनिधिसभा बैठक बस्दै, होला त सुचारू ?



काठमाडौं । आजपनि प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ः०० बजे बोलाइएको छ।

हिजोको प्रतिनिधिसभा बैठकलाई पनि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टीलगायतले अबरोध गरे पछि आज सम्मका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका थिए ।

हिजो अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण गरिए पनि ढिलो गरि दिउँसो ३ः१५ बजेवाट सुरू भएको बैठकलाई प्रतिपक्षले अबरोध गरेका थिए।

हिजोको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची थियो।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची थियो।

प्रतिपक्षी दल लगायतको निरन्तर अवरोधका कारण संसदको बैठक जेठ १३ गते देखी नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन् । उनीहरूले भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा छानविन समिति बनाउनु पर्ने मुख्य माग राखिराखेका छन्। तर, सत्ता पक्षले भने अझै यसलाई स्विकार नगरे पछि संसद बैठक प्रभावित हुदैँ आएको छ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ९ : १३ बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही