३ पुस २०८२, बिहिबार | December 18, 2025

सीपीएल : सन्दीपआवद्ध जमैका सेमिफाइनलमा पराजित



काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) काे सेमिफाइनलमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तल्लावाज पराजित भएको छ ।

ट्रिन्बागो नाइट राइडर्ससँग गएराति भएको सेमिफाइनल खेलमा जमैका ९ विकेटले पराजित भएको हो । यो जितसँगै नाइट राइडर्स फाइनल प्रवेश गरेको छ । जमैकाले दिएको १ सय ७ रनको सामान्य लक्ष्य नाइट राइडर्सले १५ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि लिन्डल सिमन्सले ५४ र टिवन वेबस्टारले अविजित ४४ रन बनाए । बलिङमा जमैकाका मुजीबउर रहमानले १ विकेट लिए ।

सेमिफाइनलमा सन्दीप भने विकेटविहीन रहे । उनले ४ ओभर बलिङ गर्दा विनाविकेट २९ रन खर्चिए । यो सिजनको सीपीएलमा सन्दीप विकेटकविहीन भएको यो पहिलो खेल हो ।

त्यससअघि टस हारेर ब्याटिङको मौका पाएको जमैकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो ।

उसका लागि नकरुम्हा बोन्नरले ४१, कार्लोस ब्रार्थवेटले १३, कप्तान रोभम्यान पावेलले ३३ रन बनाउँदा बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा नाइट राइडर्सका अकिल होसेनले ३, खरी पिर्रेले २, सुनिल नारायण र फवाद अहमदले १र१ विकेट लिए ।

जितसँगै नाइट राइडर्सले फाइनलमा सेन्ट लुसिया जुक्सले फाइनलमा स्थान बनाएको छ । जुक्सले गयना अमेजन वारियर्सलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको छ ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ६ : २१ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका