२९ मंसिर २०८२, सोमबार | December 15, 2025

लुम्बिनीका ४ जिल्लामा असार १ गते सार्वजनिक विदा



नेपालगन्ज । लुम्बिनी प्रदेशको पहाडी जिल्लाहरुमा गरिने भूम्या पूजाका लागि लुम्बिनी प्रदेश सरकारले पूजा हुने ४ जिल्लामा सार्वजनिक विदा दिने भएको छ । असार १ गते गरिने भूम्या पूजाको अवसरमा लुम्बिनी प्रदेशका ४ जिल्लामा प्रदेश सरकारले सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने भएको हो ।

सरकारले प्रदेशको रोल्पा, रुकुम पूर्व, प्युठान र दाङ जिल्लामा बसोबास गर्ने भूम्या पूजा गर्ने समुदायलाई असार १ विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

भूम्या खाम मगर बोल्ने मगर समुदायको प्रमुख पर्व हो । भूम्यामा मगरहरू भूमि देवताको पूजा गर्छन् । वैशाख देखी भदौको हरेक संक्रान्तिमा भूम्या मनाउने गरिए पनि असार १ गते प्रमुख अवसर हो । प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ मनाइने यो पर्वमा पूजापाठसँगै २२ चाल नाचिन्छ । आफ्नो भूमि र भूमि देवप्रतिको श्रद्धा यसको उद्देश्य रहँदै आएको छ । यो अवसरमा गाउँका भद्रभलाद्मी बसेर ‘जनप्रतिनिधि’ (थकाली/मुखिया)छान्ने परम्परा पनि छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  १ : ११ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले