२९ मंसिर २०८२, सोमबार | December 15, 2025

भारतबाट नेपाल फर्केका थारुमा देखियो कोरोना, मास्क दिएर घर पठाइयो



नेपालगन्ज । भारतबाट घर फर्कँदै गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । भारतको देहरादुनबाट आएका बर्दियाका २६ वर्षीय महेशकुमार थारुमा कोरोना संक्रमण देखिएको हो ।

भारतबाट नेपालगन्ज नाका हुँदै घर फर्कँदै गरेका थारुलाई आरडीटी जाँच गर्दा कोरोना देखिएको स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले बताए । श्रेष्ठका अनुसार कोरोना देखिएपनि थारुमा कुुनै लक्षण भने देखिएको थिएन । लक्षण देखिएमा भेरी अस्पतालमा लगेर पीसीआर गर्ने गरिएपनि थारुमा कुनै लक्षण नदेखिएपछि मास्क दिएर घर पठाइएको उनले बताए । आरडीटी जाँच गर्दा कोरोना देखिएका कारण उनलाई लक्षणको बारेमा र अपनाउनुपर्ने सावधानीका बारेमा काउन्सिलिङ गरेर पठाइएको श्रेष्ठले बताए ।

भारतमा धमाधम कोरोना संक्रमण फैलिएको देखिएपछि नेपालगन्ज नाका हुँदै भारतबाट आएका शंकास्पद व्यक्तिलाई कोरोना जाँच्ने गरिएको छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ५ : २४ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले