३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

नेपालले स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने, नन्दनको ठाउँमा बसिर



काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० आई सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जित्दै पहिले बलिङ रोज्दै स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएको हो । टी-२० अन्तर्राष्ट्रियमा नेपाल र स्कटल्यान्डबीचको यो पहिलो भेट पनि हो ।

जारी प्रतियोगितामा स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो भने नेपाल हिजो नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर पराजित भएको छ ।

स्कटल्यान्ड लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ भने नेपाल हिजोको हारलाई बिर्साउन आज जसरी पनि जित निकाल्ने दबाबमा छ ।

आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । नन्दन यादव हिजोको खेलमा औंलामा चोट लागेर घाइते भएका कारण उनलाई बेन्चमा राखिएको हो ।

उनको ठाउँमा बसिर अहमदलाई रिप्लेस गरिएको छ । अरु भने हिजोकै प्लेइङ ११ यथावत छ ।

यस्तो छ नेपालको प्लेइङ ११

रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), अनिलकुमार साह (विकेटकिपर), कुशल भुर्तेल, लोकेश बम, किरण ठगुन्ना, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, करण केसी, रुपेशकुमार सिंह र बसिर अहमद ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ७ : ३८ बजे

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका