४ पुस २०८२, शुक्रबार | December 19, 2025

विष्णुमति खोलाले बगायो कार, एक महिलाको सकुशल उद्धार



काठमाडौं । विष्णुमति खोलामा आएको बाढीले एउटा कार बगाएको छ । कारमा सवार एक जना महिलाको भने सकुशल उद्धार गरिएको छ । उद्धार हुनेमा दाङको तुलसीपुर घर भइ हाल काठमाडौंको टोखा बस्ने ३४ वर्षीया भावना ओली रहेकी छिन् ।

यात्रुसहित कार बगाएको सूचनापश्चात ४५ जना प्रहरी खटिएर खोजी गर्ने क्रममा कार बानियाटार पुलमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।

त्यहाँबाट कारभित्र सवार महिलालाई उद्धार गरी उपचारका लागि ग्रीन सिटी अस्पताल पठाइएको छ । उनको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ । खोलामा खसेको कारलाई पनि राति नै क्रेनको सहायताले निकालिएको छ ।

उक्‍त कार हिजो (बुधबार) राति १०ः१० बजे काठमाडौंको टोखा नगरपालिका-६ ग्रान्डी अस्पताल पछाडि विष्णुमति खोलामा खसेको थियो । खोला किनारको सडकमा गुडिरहेको बा.प्र. ०१-०३१ च ६१४१ नम्बरको कार सडकबाट खोलामा खस्न लागेपछि चालक कञ्चनपुरको शुक्लाफाँट नगरपालिका-१ घर भइ हाल काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्ने ३५ वर्षीय अंकुश सिंह किनारमा हामफालेका थिए ।

 

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ८ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको