२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

३ बालिकालाई बेचबिखनका लागि भारत लैजाँदै गरेका ४ जना कालिदह नाकाबाट पक्राउ



बुटवल । ३ जना नेपाली बालिकालाई बेचबिखनका लागि भारत लैजाँदै गरेको अवस्थामा रुपन्देही प्रहरीले ४ जनालाई पक्राउ गरि बालिकाहरुको उद्दार गरेको छ । सोमबार अपरान्ह रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा पर्ने नेपाल भारत सीमानाका कालिदहबाट बालिकाहरुको उद्दार गर्दै ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जिल्ला गोरखपुर कैम्पियरगंज कुवर बलुवा बस्ने ३८ वर्षिया कीगीता गौड,
सोही स्थानकी १९ वर्षिया नेहा पाण्डे र २६ वर्षिय प्रमोद कुमार धोबी तथा रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ६ की १९ वर्षिया निर्मला लोध रहेका छन् ।

शुभ अवसर ग्राम नेपाल र प्रहरी चौकी कालिदह रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ३ जना बालिकाहरुलाई नेपालबाट भारत तर्फ ललाई फकाई गरी लैजाँदै गरेको अबस्थामा फेला पारी बालिकाहरुलाई उद्दार गर्दै भारत तर्फलैजाने कार्यमा संलग्न रहेका ४ जनालाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए । पक्राउ परेकाहरुमाथि मानव बेचबिखन तथा ओसारपसार अभियोगमा अनुसन्धान भइरहेको उनले बताए ।

उनका अनुसार उद्दार गरिएका बालिकाहरुलाई शुभअवसर ग्राम नेपालको संरक्षणमा राखि आफन्तहरुलाई खबर पठाइएको छ । कानुनी प्रक्रिया पूरा गरि बालिकाहरुलाई आफन्तको जिम्मा लगाइने डीएसपी कार्कीले बताए ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १ : ५१ बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै

संघीय संसदका तीन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्ने

हर्क साम्पाङ र सुदन किरातीबीच पार्टी एकतामा सैद्धान्तिक सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं । विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा