१० फाल्गुन २०८२, आइतबार | February 23, 2026

टेक्सासको बाढीमा परेर ४३ जनाको मृत्यु, २७ विद्यार्थी बेपत्ता



टेक्सास । अमेरिकाको टेक्सास बाढीमा हराएकाको खोजी कार्य जारी छ । अहिलेसम्म १५ बालबालिकासहित कम्तिमा ४३ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । शुक्रबार बिहान ग्वाडालुप नदीमा बाढी आउँदा धेरै जसो निदाइ रहेका थिए । सो नदीमा पानीको सतह बढेर आधा घण्टामा नै आठ मिटर बढेको हो ।

क्रिस्चियन यूथ क्याम्पमा रहेका २७ जना विद्यार्थी अझै हराइरहेका छन् । अहिलेसम्म ८५० जनाको उद्धार भइसकेको छ। मौसम पूर्वानुमान अनुसार त्यस स्थानमा अझ धेरै पानी पर्न सक्ने छ ।

धेरै असर ‘मोबाइल’ घर, क्याम्पिङ साइट तथा समर क्याम्पमा भएको थियो । चार जुलाईका दिन त्यहाँ बिदा मनाउन धेरै जना जाने गरेका थिए । शनिबार टेक्सासमा गभर्नर ग्रेट अबोटले अहिले खोजी कार्य युद्ध स्तरमा भइरहेको जानकारी दिएका छन् ।

टेक्सासका अधिकारीले दिएको जानकारी अनुसार हराएका २७ जनामा धेरै जसो १२ वर्ष मुनिका बालबालिका थिए । कतिपय अभिभावकले आफ्नो बच्चा मृत अवस्थामा फेला परेको बताइ सकेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपद्को समयमा सङ्घीय सरकारले स्थानीय सरकारसँग मिलेर उद्धार कार्यमा सक्रिय रहेको बताएका छन् । यस सातामा केन्द्रीय टेक्सासमा अझ ठुलो पानी पर्ने मौसम पूर्वानुमान छ ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ८ : १२ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट