काठमाडौं । ‘पाकिस्तानका बौद्ध सम्पदाहरू’ नामको पुस्तकको विमोचन गरिएको छ ।
नेपालस्थित पाकिस्तानी दूतावासले नेपाली भाषामा प्रकाशन गरेको सो पुस्तक आज एक समारोहका बीच विमोचन गरिएको हो ।
सांसद भीमप्रसाद आचार्य, म्यानमारका राजदूत यु म्यो मिन्ट माउङ र श्रीलंकाकी कार्यवाहक राजदूत चमिरा मुनासिङ्हे र पाकिस्तानका राजदूत अबरार एच। हाशमीले संयुक्त रुपमा पुस्तकको विमोचन गरे । पुस्तकमा पाकिस्तामा रहेका बौद्ध सम्पदाहरुकोबारेमा विस्तृतमा जानकारी दिइएको छ ।
सो कार्यक्रममा भिक्षुहरू, बौद्धविद्हरू, राजनीतिक दलका नेताहरू, पत्रकारहरू, नागरिक समाजका प्रतिनिधिहरू, पाकिस्तान दूतावासका पदाधिकारीहरू तथा तिनका परिवार सदस्यहरू सहभागी थिए। यसबाहेक, पाकिस्तानका विभिन्न विश्वविद्यालयहरू र थिंक ट्याङ्क संस्थाहरूले पनि कार्यक्रममा अनलाइनमार्फत सहभागिता जनाएका थिए।
पाकिस्तानका लागि बौद्ध सम्पदा प्रवर्द्धन दूत ए. इमरान शौकतले अनलाइनमार्फत सम्बोधन गर्दै ८८‘पाकिस्तानको बौद्ध सम्पदा प्रवर्द्धन पहल’ को विस्तृत विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सांसद भीम आचार्यले सांस्कृतिक सम्पदाको महत्त्वलाई जन–जनको सम्बन्धको एक महत्वपूर्ण आयामको रूपमा उल्लेख गर। उनले बौद्ध सम्पदालाई पाकिस्तान र नेपाल दुवै मित्रराष्ट्रहरूको साझा सम्पदा भएको बताए। साथै, उनले सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि जनस्तरको सम्बन्ध थप सुदृढ गर्न आवश्यक रहेकोमा जोड दिए ।
नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाशमीले पाकिस्तान आफ्नो सांस्कृतिक सम्पदामा गर्व गर्ने, त्यसको संरक्षण गर्ने र त्यसलाई श्रद्धालुहरू तथा पर्यटकहरूका लागि भावनात्मक अनुभवको रूपमा प्रस्तुत गर्न चाहने देश भएको बताए ।
पुस्तकका लेखक ओम चरण अमात्यले पाकिस्तानमा रहेका पुजनीय स्थलहरू, ती स्थानहरूको नेपालसँगको सम्बन्ध तथा तिनले नेपालीहरू र विश्वभरिका बौद्ध धर्मावलम्बीहरूका लागि राख्ने आध्यात्मिक र सांस्कृतिक महत्त्वबारे जानकारी दिएका थिए ।


















प्रतिक्रिया