काठमाडौं । सबैभन्दा बढी जनघनत्व रहेको काठमाडौं उपत्यकामा सबैभन्दा धेरै संक्रमित थपिँदै गएका छन् ।
स्वास्थ्य मन्त्रालयले अपेडेट गरेको पछिल्लो तथ्यांक अनुसार शुक्रबार अपरान्हसम्म काठमाडौं उपत्यकामा ६८६ जना नयाँ संक्रमित थपिएका छन् ।
यससँगै हालसम्म काठमाडौं उपत्यकामा मात्रै १० हजार ७०० संक्रमित पुगेका छन् ।
शुक्रबार काठमाडौंमा मात्रै ६२० जना थपिएका छन् । जसमध्ये १९४ महिला र ४२६ पुरुष रहेका छन् । यस्तै, ललितपुर र भक्तपुरमा ३८÷३८ जना थपिएका छन् ।
काठमाडौंमा शुक्रबार थपिएको संक्रमण संख्या हालसम्मकै उच्च हो । संक्रमितमध्ये करिब ३५ प्रतिशत लक्षणसहितका छन् ।
प्रतिक्रिया