१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नेकपा स्थायी कमिटी बैठक सम्पन्न : सरकारको काममा पार्टीले हस्तक्षेप नगर्ने, प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने



काठमाडौं । सरकारको दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने र प्रचण्डले कार्यकारी भूमिकामा पार्टी चलाउने निर्णय गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी बैठक सकिएको छ ।

वैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानाकारी दिए ।

सरकार सञ्चालनका लागि सचिवालयको सुझाव र दुई अध्यक्षको परामर्श लिने निस्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । तर, सरकारको दैनिक कार्यसंचालनमा भने पार्टीको हस्तक्षेप हुनेछैन ।

बैठकले आधारभूत नीति र राष्ट्रिय महत्वका निर्णय लिँदा पार्टीको मार्गनिर्देशन अनुसार गर्नुपर्ने निश्कर्ष निकालेको छ ।

कुनै नीति, विधेयक तयार गर्दा तिनका सैद्धान्तिक पक्षबारे पार्टीका केन्द्रीय कमिटी, स्थायी कमिटी वा सचिवालयमा छलफल गर्ने निष्कर्ष समेत बैठकले गरेको छ।’प्रवक्ता श्रेष्ठले भने ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर मात्रै अनुमोदन गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा थप छलफल गरेर छिट्टै निर्णय गरिने श्रेष्ठले बताए ।

पार्टीको बिबाद चरम उत्सर्गमा पुगेपछि बिवाद समाधान गर्न अध्यक्ष द्वयले महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका थिए ।

प्रवक्ता श्रेष्ठका अनुसार कार्यदलललेृ तयार गरेको प्रतिबेदनलाई परिमार्जन गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको सहमतिका १५ बुँदालाई बैठकले पारित गरेको छ ।

बैठकले पार्टीका सबै गतिबिधीहरुलाई महाधिवेशन आयोजनामा केन्द्रित हुने निर्णय समेत गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा ४ घण्टा बसेको बैठकमा सुरुमा प्रधानमन्त्री ओलीले मन्तब्य राखेर बाहिरिएका थिए ।

बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, घनश्याम भुसाल लगायतल बोलेका थिए।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ४ : ५४ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष