२४ बैशाख २०८१, सोमबार | May 6, 2024

फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउन माग



काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरेको छ ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गीले आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेटी सोबारे ध्यानाकर्षण गराएकी हुन् ।

काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले यही भदौ २४ गते जारी गरेको आदेशको सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसल, इलेक्ट्रिक र इलेक्टोनिक्स पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिने भनिएको छ ।

सो बुँदामा उल्लेख भएका व्यवसायमध्ये ‘फुटपाथ र ठेला व्यापार’ लाई पूर्ण प्रतिबन्ध लगाउने गरी पुनःआदेश जारी गर्न ध्यानाकर्षण गराइएको हो ।

उपप्रमुख खड्गीले वार्षिक नीति र कार्यक्रमबाट नै फुटपाथ पसल हटाउने निर्णय गरिसकेकाले अहिलेको आदेश महानगरको यो नीति विपरीत रहेको बताइन।

“अर्कोतिर शहरमा सङ्क्रमण फैलिँदो दरमा छ, यसै पनि कन्ट्याक्ट ट्रेसिङ जटिल छ, यदि फुटपाथ पसल र ठेला व्यापार खोल्ने हो भने महामारी नियन्त्रण बाहिर जान सक्छ”, उनले भनिन ।

ध्यानाकर्षणपत्र बुझिसकेपछि प्रजिअ दाहालले माहामारीका समयमा सो पेशामा बसेर काम गर्ने मानिसलाई परेको समस्या खुकुलो बनाउन खोजिएको बताइन ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ५ : ५२ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले  प्रदेशमा सरकारी काम काजको भाषा

भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगितामा सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगितामा

कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८