१८ असार २०८३, बिहिबार | July 2, 2026

३ महिला बेचबिखन अभियोग लागेकी बुटवलकी विष्णुमाया ८ वर्षपछि पक्राउ



बुटवल । ८ वर्ष पहिले ३ जना महिलालाई भारत हुदै कुवेत लगेर बेचबिखन गरेको अभियोग लागेकी बुटवलकी एक महिलालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही बुटवल उप(महानगरपालिका वडा नं. ११ न्यु दुर्गानगर की ४६ वर्षिया बिष्णु माया शर्मा परियार रहेकी छन् । २०७४ साल देखी हाल सम्म फरार रहेकी परियारलाई आज इलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी टोलीले बुटवल उप(महानगरपालिका वडा नं। ११ बाटै पक्राउ गरेको हो ।

मानव बेचबिखन कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ८ वर्ष पहिले ३ महिलालाई भारत हुँदै कुबेत लगेर बेच्न लागेको कसुरमा परियार विरुद्ध मुद्दा परेको थियो । मुद्दा परे लगत्तै फरार रहेकी उनलाई लुकीछिपी बसेको अवस्थामा फेला पारी प्रकाउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ९ : ५७ बजे

पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि

काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३

जलविरेमा सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलविरे नजिक बिहीबार सुख्खा पहिरो खस्दा

आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

जनकपुरधाम, १८ असार : गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६

कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुई

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका