१९ माघ २०८२, सोमबार | February 3, 2026

कान्ति मावि बुटवलको अध्यक्षमा जीवन वझा चयन



बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलको व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय समाजसेवी जीवन प्रसाद वझा चयन भएका छन्। नव निर्वाचित सदस्य रामकृष्ण शर्माको अध्यक्षतामा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले वझालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

यसअघि बसेको पहिलो चरणको बैठकले जीवन प्रसाद वझा र संगिता अधिकारीलाई व्यवस्थापन समितिमा मनोनित गरेको थियो। दोस्रो चरणको बैठकमा वझालाई अध्यक्ष बनाउन प्रस्ताव पारित भएको हो।

वझा बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन्। उनी विभिन्न सामाजिक संघसंस्था तथा सामुदायिक विद्यालयहरूमा समेत सक्रिय योगदान पुर्याउँदै आएका एक प्रतिष्ठित व्यक्तित्व मानिन्छन्। अध्यक्षमा निर्विरोध चयन भएपछि वझाले विद्यालयलाई देशकै उत्कृष्ट माध्यमिक विद्यालयका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।

गत वर्षदेखि अध्यक्ष चयन प्रक्रियामा प्रमुख दल कांग्रेस र एमालेबीचको खिचातानीका कारण सहमति जुट्न सकेको थिएन। सहमतिको प्रयास विफल भएपछि असार २१ गते विद्यालय व्यवस्थापन समितिका चार सदस्य चयनका लागि निर्वाचन भएको थियो। उक्त निर्वाचनमा लामो समयदेखि कान्तिमा नेतृत्व गर्दै आएको एमालेको प्यानललाई पराष्ट गर्दै कांग्रेससहित केहि साना दलहरुको गठबन्धनबाट रामकृष्ण शर्मा, मित्र गिरि, संगिता पोखरेल र कमला पन्थी विजयी भएका थिए।

करिब ६ हजार विद्यार्थी अध्ययनरत यो विद्यालय देशकै उत्कृष्ट सामुदायिक विद्यालयहरूमध्येमा गनिन्छ। यसैबीच व्यवस्थापन समितिमा आउने शिक्षक प्रतिनिधि छनौटको प्रक्रियामा रहेको र दुई तीन दिनभित्र अभिभावक समितिलाई पनि पुर्णता दिने तयारी भएको व्यवस्थापन समिति सदस्य रामकृष्ण शर्माले बताए ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ५ : ५८ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली