२१ माघ २०८२, बुधबार | February 4, 2026

८३० नेपाली ओमानबाट घर फर्किए, सम्पर्कविहीन र अलपत्र पनि सम्पर्कमा



काठमाडौं । नेपाली राजदूतावास, ओमानले पाँचौं उडानमार्फत त्यहाँ रहेका १६५ नेपाली (३९ महिला तथा १२६ पुरूष) लाई शुक्रबार नेपाल पठाएको छ ।

यात्रु तथा चालक दलका सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ रहेको सुनिश्चित गरिएको राजदूतावासले जनाएको छ । कोभिड-१९ महामारीपछि हालसम्म पाँच उद्धार उडानमार्फत न्यूनतम हवाई भाडामा नेपाल सरकारले तय गरेको मापदण्डअनुसार ओमानमा रहेका ८३० नेपालीलाई नेपाल फिर्ता गराइसकिएको जनाइएको छ ।

शुक्रबारको उडानबाट नेपाल जानेमध्ये सम्पर्कविहीन र झापा बाह्रदशी गाउँपालिकाकी नेत्रकुमारी राउतलाई नेपाल फर्काउन दूतावास सफल भएको छ । राउत वैदेशिक रोजगारीका सिलसिलामा घरेलु कामदारका रूपमा केही वर्षअघि ओमान आएको र विसं २०७० देखि सम्पर्कविहीन रहेका भनी उनका छोरा नवराजले जानकारी दिएपछि कूटनीतिक माध्यमबाट सम्पर्कमा ल्याइएको र निजको स्वास्थ्यावस्था नाजुक रहेकाले घरसम्मै लैजाने व्यवस्थाका लागि दूतावासबाट सहजीकरण गरिएको जनाइएको छ ।

साथै मानव तस्करको फन्दामा परी पर्यटक प्रवेशाज्ञामा गैरकानूनी बाटो हुँदै वैदेशिक रोजगारीका लागि ओमानमा आई घरेलु कामदारका रूपमा काम गर्ने क्रममा अलपत्र ताप्लेजुङकी अरुणा मादेन र स्याङ्जाकी गजकुमारी श्रेष्ठलाई समेत कूटनीतिक पहलमा आवश्यक प्रक्रिया पूरा गरी आजकै उद्धार उडानमार्फत नेपाल फर्काईएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।

त्यसैगरी सो उडानमा विभिन्न कम्पनीमा कार्यरत एवम् घरेलु कामदारका रूपमा कार्यरत करीब ६० नेपालीलाई आवश्यक समन्वय तथा पहल गरी घर फिर्ता गर्नसमेत दूतावास सफल भएको बताइएको छ । विमानस्थलमा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले सम्पूर्ण नेपालीलाई सफल यात्रा तथा सुखमय जीवनका लागि शुभकामना व्यक्त गरे ।

यात्रुको यात्रा सहजीकरणका लागि दूतावासका द्वितीय सचिव सोमेश थापा, श्रम सहचारी दिनेश ढकाल, सहचारी अनिल राना, स्थानीय कर्मचारी तथा नेपाली सोसल क्लबका सदस्यलगायत नेपाली राजदूतावास, मस्कट कोभिड–१९ व्यवस्थापन स्वयम्सेवी सदस्यले योगदान गरेका थिए ।

यात्रामा सहभागी सम्पूर्ण नेपालीले दूतावासको सक्रियतामा चार्टर उडानमार्फत सुलभ दरमा स्वदेश फर्कने अवसर प्राप्त गराएकामा राजदूत तथा दूतावासको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे ।

उनीहरुलाई सफल घरफिर्ती गराउन, पीडितलाई सम्पर्कमा ल्याउन तथा उद्धारमा प्रत्यक्षअप्रत्यक्ष सहयोग पुर्‍याउने सहयोगी सङ्घसंस्था एवम् व्यक्तिलगायत समस्त नेपाली समुदायप्रति दूतावासले आभार व्यक्त गरेको छ । रासस

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ७ : ०० बजे

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल

काठमाडौंबाट उड्नासाथ टर्किस एयरलाइन्सको इन्जिनमा आगलागी, कोलकाता डाइभर्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको