२० मंसिर २०८२, शनिबार | December 6, 2025

दक्षिण कोरियामा भारी वर्षाका कारण १४ जनाको मृत्यु, १२ बेपत्ता



सियोल । दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाले १४ जनाको मृत्यु तथा १२ जना बेपत्ता भएको सरकारले आइतबार जनाएको छ । गृह तथा सुरक्षा मन्त्रालयका अनुसार आइतबार भारी वर्षाका कारण घर भत्किँदा एक जनाको मृत्यु भयो भने सियोलको उत्तरपूर्वमा पर्ने गाप्योङ सहरमा खोलाले बगाएर अर्का एक जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार शनिबार भारी वर्षाले पहिरो, घर भत्किने र अकस्मात् बाढी ल्याएपछि दक्षिणी सहर सान्चेओङमा आठ जनाको मृत्यु भएको र छ जना बेपत्ता भएको रिपोर्ट गरिएको छ ।

मन्त्रालयको प्रतिवेदन अनुसार गाप्योङ र दक्षिणी सहर ग्वाङ्जुमा छ जना अझै बेपत्ता छन् ।

गत हप्ताको सुरुमा सियोलको दक्षिणमा ओसानमा भारी वर्षाका क्रममा ओभरपासको रिटेनिङ पर्खाल ढलेपछि डुबानमा परेको कारमा तीन जना मृत फेला परेका थिए । उनीहरूको कार माटो र कङ्क्रिटले पुरिएपछि कार चालकको पनि मृत्यु भएको थियो ।

स्थानीय समयानुसार आइतबार बिहान ९ बजेसम्म करिब तीन हजार आठ सय ४० मानिस आफ्नो घरबाट विस्थापित भएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । आइतबार दक्षिण कोरियाको धेरैजसो भागमा वर्षा रोकिएको छ भने देशभरि भारी वर्षाका चेतावनीहरू हटाइएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

मन्त्रालयको प्रतिवेदन अनुसार बुधबारदेखि दक्षिणी क्षेत्रहरूमा करिब छ सयदेखि आठ सय मिलिमिटर (२४ देखि ३१ इन्च) सम्म वर्षा भएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १ : ४८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय