२९ मंसिर २०८२, सोमबार | December 16, 2025

रुपन्देही-३ को उपनिर्वाचनको निर्वाचन कार्यक्रम स्वीकृत



बुटवल । रूपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको लागि आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको छ । कार्तिक १७ गतेका लागि तोकिएको उपनिर्वाचनको कार्यक्रम स्वीकृत भएको निर्वाचन आयोगले जनाएको छ ।

स्वीकृत कार्यक्रम अनुसार मिति २०८२ असोज २१ गते बिहान १० बजेदेखि बेलुका १७ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका १७ बजेदेखि १९ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ।

उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मिति २०८२ असोज २२ गते बिहान १० बजेदेखि दिउँसो १५ बजेसम्म हुनेछ। सोही दिनको दिउँसो १५ बजेदेखि असोज २३ गते बेलुका १७ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी असोज २३ गते बेलुका १७ बजेदेखि १९ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

मिति २०८२ असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने आयोगले जनाएको छ । सोही दिन दिउँसो १३ बजेदेखि १५ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो १५ बजेदेखि १८ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ। निर्वाचन कार्यक्रम अनुसार मिति २०८२ कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका १८ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने कानूनी व्यवस्था रहेको आयोगको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ५ : ०४ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको