२० माघ २०८२, मंगलबार | February 3, 2026

नेपाल प्रहरीका ३५ प्रहरी अधिकृतहरुको बढुवा सिफारिस



काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक, प्रहरी नायव उपरीक्षक र प्रहरी उपरीक्षकबाट बढुवाका लागि सिफारिस भएकाहरुको नाम सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना प्रकाशित गर्दै बढुवा सिफारिस भएकाहरुको नाम सिफारिस गरेको हो ।

प्रधान कार्यालयबाट प्रकाशित सूचना अनुसार १३ प्रहरी निरीक्षक, ११ प्रहरी नायव उपरीक्षक(डिएसपी) र ११ जना प्रहरी उपरीक्षक(एसपी)को बढुवाका लागि सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समिति बैठकले ३५ जना प्रहरी अधिकृतहरुको लाई बढुवा सिफारिस गरेको हो ।

प्रहरी निरीक्षकबाट डिएसपीमा बढुवा सिफारिस हुनेहरूमा बसन्त गौतम, पञ्चलाल गोले, होमप्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल र पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाई, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खरेल रहेका छन् भने डिएसपीबाट एसपीमा बढुवा सिफारिस हुनेहरुमा अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिलबहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का रहेका छन् ।

त्यसैगरी बढुवा समितिको बैठकले एसपीबाट एसएसपीमा बढुवा सिफारिस हुने ११ जनामा तुलबहादुर कार्की, राकेश सिंह, कमल थापा, दयानिधी ज्ञवाली, दीपक पोखरेल, प्रविण धिताल, राजीब बस्नेत, दीपेन्द्र शाही, प्रकाश रानाभाट, केदार खनाल र ज्ञानेन्द्रप्रसाद फुयाल रहेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ३ : ३८ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको