१७ बैशाख २०८१, सोमबार | April 29, 2024

काठमाडौं र भक्तपुरका ३ जना कोरोना संक्रमितको मृत्यु




काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट शनिबार बिहानैदेखि मृत्युका घटना सार्वजनिक भैरहेका छन् । पछिल्लो समाचार अनुसार ललितपुरका विभिन्न अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पाटन अस्पतालमा दुई जना र मेघा अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । मृत्युहुनेमध्ये दुई जना भक्तपुरका र एक जना काठमाडौंका रहेका छन् । जना भक्तपुरका र एक जना काठमाडौंका हुन् ।

भदौ १९ गतेदेखि उपचार गराइरहेका काठमाडौंका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बिहान २ बजे पाटन अस्पतालमा मृत्यु भएको पाटन अस्पतालले जनाएको छ ।

पाटन अस्पतालमै भक्तपुरका ७२ वर्षीय पुरुषको गएराति ९ः४५ बजे मृत्यु भएको छ । उनी गत भदौ १७ गतेदेखि अस्पतालमा उपचाररत थिए ।

यस्तै, भक्तपुरका ३८ वर्षिय पुरुषको शनिबार बिहान ७ः४० बजे मेघा अस्पतालमा मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ । उनी हिजो मात्रै अस्पतालमा भर्ना भएका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  १० : २९ बजे

न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग हुनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना