१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

क्यान्सर पीडितलाई सहयोग गर्न ‘चिया’ अभियान



नेपालगन्ज । क्यान्सरबाट मृत्यु भएकी तत्कालिन महिला तथा बालिबालिका कार्यालय बाँकेकी महिला विकास निरीक्षक विन्दू कुँवरको ‘स्मृति कोठा’ बनाउन तथा क्यान्सर पीडितलाई सहयोग गर्नका लागि नेपालगन्जमा ‘चिया’ अभियान सुरु गरिने भएको छ । बालक्लबका पूर्व सदस्यहरुले सञ्चालन गरेको सहयात्री नेपाल नामक संस्था र विन्दु कुँवर फाउण्डेशनले सोमबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त अभियान शुरु गर्न लागेको जनाएको हो ।

‘एक चिया, एक जीवन, एक परिर्वतन’ भन्ने नाराका साथ सहयोगका लागि चिया अभियान सञ्चालन गर्न थालिएको जनाइएको छ । साउन ९ गते शुक्रबारदेखि नेपालगन्जको त्रिभुवन चोकबाट अभियानको थालनी गरिने पत्रकार सम्मेलनमा जानकारी दिईयो । आयोजक संस्थाहरुका अनुसार चोक बजारमा चियाको स्टल राखेर निःशुल्क चिया खुवाइनेछ भने चिया खान आउने मनकारी, दयालु, मानवसेवीले क्यान्सर पीडितलाई सक्दो सहयोग गर्न सक्नेछन् ।

चिया अभियानबाट सहयोग प्राप्त भएको रकमको ८० प्रतिशत निलसागर सेवा आश्रमको भवन निर्माणमा सहयोग गरिने सहयात्री नेपालका कोषाध्यक्ष सल्मान सल्मानीले बताए । उनका अनुसार निलसागरको भवन बनेपछि एउटा कोठालाई विन्दू कुँवर स्मृती बनाइनेछ । सहयोगको २० प्रतिशत रकम क्यान्सर पीडितलाई सहयोग गर्ने सहयात्री नेपालकी श्वेता गुरुङ्गले जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा बोल्दै सहभागी नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले अभियान नयाँ र राम्रो भएको बताए । उनले स्वर्गीय बिन्दू कुँवरको योगदानलाई स्मरण गर्दै मनकारी मनहरुलाई सक्दो सहयोग गर्न आग्रह गरे ।

विन्दू कुँवरकी छोरी सम्बिधा थापाले पैसा नकमाएपनि इज्जत कमाउन अग्रसर हुनु भन्ने आमाले दिने गरेको अर्ति अनुसार आफु अघि बढेको बताईन् । उनले भनिन् आमॉविन्दू’ले अनाथ बालबालिका, हिंसा पीडित महिला र बृद्धबृद्धा पक्षमा उहाँले पु¥याउनुभएको योगदान अनुशरणीय छ हामी, बिर्सन सक्दैनौ ।’

उनले अभियानमा सहयोग गर्न सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, अधिकारकर्मी, अभियन्ता, विभिन्न संघसंस्था तथा ब्यक्ति सबैलाई आह्वान गरिन् ।

लामो समयसम्म महिला तथा बालिबालिका कार्यालय बाँकेमा रहेर काम गरेकी महिला विकास निरीक्षक विन्दू कुँवर क्यान्सर विरुद्ध लामो समय लडिरहदाँ सन् २०२० मा निधन भएको थियो । क्यान्सरबाट ग्रसित रहँदासमेत कुँवर अनाथ बालबालिका, हिंसा पीडित महिला र बृद्धबृद्धाका पक्षमा जस्तो सुकै चुनौतीसँग डटेर काम गर्ने निडर स्वभावकी थिइन् ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १० : २६ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज