१० श्रावण २०८३, आइतबार | July 27, 2026

अपर बलेफीको सुरुङ खन्ने काम सम्पन्न



चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भइरहेको ३६ मेगावाटको अपर बलेफी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएको छ ।

शिवश्री हाइड्रो पावर कम्पनीद्वारा निर्माण भइरहेको आयोजनाको चार हजार ५०० मिटर सुरुङ निर्माणको काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

सो गाउँपालिका–३ स्थित पाङरपु र लिदी नजीक निर्माण गरिएको बाँधको काम ८५ प्रतिशत सम्पन्न भएको छ । यस्तै वडा नं २ को बैकुण्ठेमा निर्माण गरिएको विद्युत् गृहको कामसमेत सम्पन्न भएको छ ।

विभिन्न प्राकृतिक विपद् र कोभिड–१९ को महामारीका कारण निर्धारित समयभन्दा केही पछि धकेलिएको आयोजनाबाट आगामी माघसम्म विद्युत् उत्पादन गरिने आयोजनाका कार्यकारी अध्यक्ष उमेश कसजुले जानकारी दिए ।

लकडाउनका कारण मेसिनरी सामान राजधानी भित्रीसके पनि आयोजना स्थलमा पुर्याउन नसकिएको कम्पनीले जनाएको छ । बाइस किलोमिटर प्रसारण लाइनको ६० टावरमध्ये ५० टावरको फाउन्डेसन तयार भइसकेको छ ।

शुरुमा छ अर्बमा निर्माण भएको आयोजनाको लागत बढेर हाल रु सात अर्ब पुगेको जनाइएको छ । रासस

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  १२ : ३५ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले