१७ माघ २०८२, शनिबार | January 31, 2026

भारतले ५ वर्षपछि आजबाट चिनियाँ पर्यटकका लागि भिसाको आवेदन खुलायो



बेइजिङ । भारत सरकारले अब चिनियाँ पर्यटकलाई फेरि भिसा दिने भएको छ । ग्लोबल टाइम्सका अनुसार भारतले यो सेवा पाँच वर्षपछि पुनः सुरु गर्ने भएको हो ।

कोरोना अवधिपछि यो सेवा बन्द भएको थियो । यसपछि सन् २०२० को जुनमा भएको गलवान द्वन्द्वले दुई देशबीचको सम्बन्ध थप बिग्रिए पछि चिनियाँ नागरिकलाई भारतले भिसा दिन बन्द गरेको थियो ।

तर, अहिले ५ बर्ष पछि पुनः भिसा प्रकिया सुरू गरेको बेइजिङस्थित भारतीय दूतावासले पुष्टि गरेको छ । यो प्रक्रिया २४ जुलाई २०२५ देखि सुरु हुने दूतावासले जनाएको छ।

यो जानकारी चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले पनि प्रकाशित गरेको छ। जसमा भारतीय दूतावासले बुधबार सामाजिक सञ्जाल वेइबोमा यस सम्बन्धमा जानकारी दिएको बताइएको छ ।

भारतीय दूतावासले अब चीनबाट भारत भ्रमणका लागि भिसाका लागि आवेदन दिन सक्ने जनाएको छ । यसका लागि उनीहरूले पहिले अनलाइन आवेदन फारम भर्नु पर्नेछ। त्यसपछि वेबसाइटमा गएर अपोइन्टमेन्ट लिनु पर्नेछ ।

यस पछि उनीहरूले राहदानी र आवश्यक कागजात लिएर भिसा केन्द्रमा जानु पर्नेछ। यी भिसा केन्द्रहरू बेइजिङ, सांघाई र ग्वाङ्झाउ जस्ता शहरहरूमा छन्, जुन दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तमा पर्दछ। उनीहरू त्यहाँ गएर आवेदन दिन सक्नेछन्।

गत अक्टोबरमा भारत र चीनका नेताहरू बीच कजानमा भएको द्विपक्षीय शिखर सम्मेलन पछि, दुई देशहरू बीचको सम्बन्ध सहकार्य मुख्य ट्रयाकमा फर्कने संकेतहरू देखाएको ग्लोबल टाइम्सले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ९ : १८ बजे

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

चौथो न्यू होराइजन कप अन्तर मावि छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो न्यू होराइजन कप अन्तर माध्यमिक

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।