५ पुस २०८२, शनिबार | December 20, 2025

पूर्वराष्ट्रपति भण्डारीले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्ने भएकी छिन् । दिउँसो ३ बजे काठमाडौंको कार्की ब्याङ्क्वेटमा उनले पत्रकार सम्मेलन गर्न लागेकी हुन् ।

यो पत्रकार सम्मेलन नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आफ्नो पार्टी सदस्यता निस्क्रिय बनाउँदै राजनीतिमा रोक लगाउने निर्णय गरेपछि आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न लागेकी हुन् ।

हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नहुने निर्णय गरेको थियो । पार्टीले संविधान र पार्टी विधानका विभिन्न धारा उल्लेख गर्दै उनलाई फेरि सक्रिय राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरेको हो ।

राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएपछि उनी केही समयदेखि सार्वजनिक रुपमा गतिविधिमा कम देखिएकी थिइन् । तर पछिल्लो समय पार्टीभित्र उनीबारे व्यापक बहस चल्दै आएको छ ।

भण्डारीले आफ्नो आगामी यात्राबारे पनि आज प्रस्ट पार्ने उनको सचिवालयले जनाएको छ । यसअघि उनले आफू राजनीतिमा आइसकेकोले पछि नहट्ने प्रतिक्रिया दिँदै आएकी थिइन् ।

पत्रकार सम्मेलनमा उनी स्वयंले आफ्नो राजनीतिक भविष्य र पार्टी निर्णयप्रति दृष्टिकोण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ९ : ०६ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र